site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा संक्रामक रोगको खतरा : डब्ल्यूएचओ

जेनेभा । संयुक्त राष्ट्र संघीय निकाय विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गाजामा चलिरहेको सामूहिक विस्थापनले जनस्वास्थ्यमा गम्भीर असर पारेको जनाएको छ ।

भीडभाड, उचित बासस्थानको अभाव, दूषित पानी, सरसफाइ र स्वच्छताको न्यूनताको अवस्थाले संक्रामक रोगहरूको खतरा बढाएको चेतावनी डब्लूएचओले दिएको हो ।

डब्ल्यूएचओका अनुसार अत्यधिक भीडभाड र धेरै जनसंख्या भएका क्षेत्रहरूमा हुने आक्रमणहरूमा सामूहिक हताहतको जोखिम पनि बढिरहेको छ ।

निरन्तर जारी लडाइँ र स्वास्थ्य प्रणालीको संकुचित क्षमतालाई ध्यानमा राख्दै गाजा बाहिर चिकित्सा सामग्रीको आवश्यकता पर्ने बिरामीहरूको संख्या बढ्ने प्रक्षेपण गरिएको संयुक्त राष्ट्रसंघीय निकायले चेतावनी दिएको छ ।

हाल डब्ल्यूएचओले सम्भावित मार्गमार्फत् बिरामीहरूको सुरक्षित र समयमै स्थानान्तरण सुनिश्चित गर्न गाजाबाट धेरै चिकित्सा सामग्रीको निकासीका लागि कोरिडोरहरू स्थापना गर्न आह्वान गरिरहेको छ ।

१० महिनादेखि जारी इजरायली कब्जाले गाजापट्टीमा विनाशकारी युद्ध चलिरहेको छ । यहाँ अधिकांश बालबालिका र महिलासहित दशौँ हजार सहिद, घाइते तथा बेपत्ता भएका छन् । युद्धमा स्वास्थ्य र शैक्षिक पूर्वाधारको ठूलो विनाश र खाना, पानी, औषधि र इन्धन आपूर्तिको असहजताका कारण करिब २० लाख मानिस विस्थापित भए भने  खाद्य संकटका कारण कैयौँ बालबालिकाको ज्यान  गएको छ । रासस/क्यूएनए  

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro