site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
फाइल तस्बिर ।

जुम्ला । अविरल वर्षासँगै मंगलबार (हिजो) राति पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । 

सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगनेखोला र कालेखोलामा गएको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर जीटीले जानकारी दिए । 

Argakhachi Cement Island Ad

गगनेखोला र कालेखोलालगायत स्थापनामा साना ठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौं जाने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका थिए ।

गगनेखोलामा सडक साँघुरो रहेकाले ठूला मालवाहक ट्रकलाई पास हुन गाह्रो हुने देखिएकाले ब्रेकर लगाएर खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको हो । रासस

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १९:२७
प्रतिक्रिया दिनुहोस्