site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टाटा 'एक्सप्रेस–टी' ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा  

काठमाडौं । टाटा मोटर्सको 'एक्सप्रेस–टी' विद्युतीय ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा सञ्चालनमा आएको छ । ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी चार्जिङ स्टेसन थप गरिएको हो । ग्राहक सुविधाहरू थप तथा सेवा सञ्जाल विस्तार कार्यअन्तर्गत सेवालाई परिस्कृत पारिएको कम्पनीले जनाएको छ ।

नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठूलो गाडी, सामान राख्न पर्याप्त बुट स्पेसले गर्दा पनि यो विद्युतीय गाडी रोजाइमा परेको कम्पनीले जनाएको छ । 'एक्सप्रेस–टी' मा एक वर्षको गाडीको बिमा, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ, साथै १६०,००० किमीसम्मको ब्याट्री र मोटरमा वारेन्टीको सुविधाहरु रहेको कम्पनीको भनाइ छ ।

खाडीचौरको साथै बालकुमारी, भक्तपुर, गोंगबु, कपनमा पनि ‘एक्सप्रेस–टी’ को लागि फास्ट चार्जरको व्यवस्था छ । र छिट्टै दुधौली कटारीमा पनि ट्याक्सीको लागि फास्ट चार्जर राख्ने प्रक्रिया सुरु भइसकेको कम्पनीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro