विदेश
काठमाडौं । नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा. मुहम्मद युनुस बिहीबार (भोलि) दिउँसो बंगलादेश फर्किने भएका छन् ।
ढाका ट्रिब्युनका अनुसार उनी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट दिउँसो २:१० बजे इमिरेट्सको उडानमा आइपुग्ने छन् ।
युनुस बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्दै छन् । राष्ट्रपति, सेना र आन्दोलनरत विद्यार्थीहरूबीच युनुसलाई सरकार प्रमुख बनाउने सहमति भएको हो ।
बुधबार विद्यार्थी आन्दोलनका प्रमुख संयोजक नाहिद इस्लामले अन्तरिम सरकारको शपथ २४ घण्टाभित्र हुने सम्भावना रहेको बताएका थिए ।
गत सोमबार (साउन २१ गते) प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर शेख हसिना भारत पुगेपछि बंगलादेशमा अहिले राजीतिक शून्यता छ ।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ १६:४२
प्रतिक्रिया दिनुहोस्