site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से १०८ अंकले बढ्यो, कारोबार रकम पाँच अर्ब ७७ करोडले घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक परिसूचक नेप्से १०८.३५ अंकले बढेको छ । बुधबार नेप्से ४.०८ प्रतिशतले बढेर दुई हजार ७५९.६७ को विन्दुमा पुगेको हो ।

यसदिन तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा करिब पाँच अर्ब ७७ करोडले कम हो ।

कारोबारमा रहेका सबै उपसमूहको समूहगत परिसूचक बढेको छ । १३ वटा उपसमूहमध्ये सबैभन्दा धेरै कमाउनेमा अन्य क्षेत्र ७.८९ र फाइनान्स क्षेत्र ७.६३ प्रतिशतले बढेको छ । होटेल, हाइड्रो र व्यापार क्षेत्रको समूहगत परिसूचक पाँच–पाँच अंकले बढेको छ ।

बुधबार ९ वटा कम्पनीको सेयर मूल्य सर्वाधिक दश प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सेयर मूल्य घट्नेमा एनआईसी एसिया डिबेन्चरको ३.८२ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार बुधबार २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने तीन कम्पनीको सेयर मूल्य घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro