site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पश्चिम एसियामा रहेका नेपाली नियोगका प्रमुखसँग परराष्ट्र सचिवको भर्चुअल बैठक 
Tiktok banner adTiktok banner ad

काठमाडौं । ओमान भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले पश्चिम एसियामा रहेका नेपाली नियोगका राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूत लगायतसँग भर्चुअल बैठक गरेकी छन् । 

नेपाल र ओमानबीचको परामर्श संयन्त्रको प्रथम बैठकको लागि ओमान पुगेकी उनले भर्चुअल बैठक आयोजना गरेकी हुन् । 

बैठकमा अनलाइन मागपत्र प्रमाणीकरण, घरेलु महिला कामदार, श्रमिकको उद्धार, क्षतिपूर्ति, शव व्यवस्थापनलगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, व्यापार, लगानी, पर्यटन तथा रोजगार प्रवर्द्धन, नेपाली नियोगमा स्रोत–साधनको व्यवस्थापन आदि विषयमा विस्तृत रूपमा छलफल गरिएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ । 

बैठकमा परराष्ट्र सचिव लम्सालले डिजिटल सुशासन लागु गर्ने नेपाल सरकारको नीतिबमोजिम मागपत्र प्रमाणीकरणको अनलाइन प्रक्रियालाई आत्मसात गर्दै सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाउन निर्देशन दिएकी थिइन् ।

श्रमिकका समस्या समाधान गरी वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन सबैको सार्थक भूमिका रहनुपर्ने बताउँदै उनले आर्थिक कूटनीति प्रवर्द्धनका लागि सक्रियातापूर्वक काम गर्न निर्देशन दिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro