site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाँदर, बँदेलले कृषि बालीमा पुर्‍याइरहेको क्षतिलगायत छलफलका विषय 

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । 

कानुन, न्याय तथा मानव अधिकार समितिमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता छलफल गर्ने कार्यसूची छ । 

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ग्रामीण क्षेत्रमा बाँदर, बँदेल, दुम्सी, निलगाईलगायत जंगली जनावरबाट कृषि बालीमा गरिरहेको क्षति, मानव वस्तीमा भइरहेको अतिक्रमण र बाघ, भालु, हात्तीलगायत जनावरको आक्रमणबाट मानिसको ज्यानै लिने गरी मानव जनधनमा पुर्याइरहेको क्षतिका सम्बन्धमा छलफल हुनेछ । 

छलफलका लागि वन तथा वातावरणमन्त्री, राज्यमन्त्री एवं सचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक र सम्बन्धित सरोकारवालालाई बोलाइएको छ । बैठक बिहान साढे ११ बजे बस्नेछ । 

पूर्वाधार विकास समितिमा जलस्रोत विधेयक, २०८१ मा संशोधनकर्तासँग छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठक मध्याह्न १२ बजे बस्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro