site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
...अनि समितिमा हाँसो गुञ्जियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारमा राजनीतिक नियुक्ति नभएको बताएका छन् । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले अख्तियारमा राजनीतिक नियुक्ति हुँदा जनविश्वास घटेको भन्दै राजनीतिक नियुक्ति रोक्न आग्रह गरेकी थिइन् । 

अहिले सत्तारूढ दलहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओली राजनीतिको अन्तिम चरणतिर पुगेको भन्दै दुईजनाले अबको समय राजनीतिलाई सिस्टमभित्र छिराउन समय खर्चिन आग्रह गरेकी थिइन् । उनको जवाफमा प्रधानमन्त्री ओलीले अख्तियारमा राजनीतिक नियुक्ति नै नभएको बताएका हुन् ।   

Dabur Nepal
NIC Asia

“अख्तियारमा राजनीतिक नियुक्ति भएको छैन । कर्मचारीतन्त्रमा खारिएर माझिएर आएका व्यक्तिहरू छन् । संसदीय सुनुवाइ भई गुजारेर आएका छन् । सबका सब बदर हुनुपर्छ भनेर हुँदैन,” प्रधानमन्त्री ओलीले भने, “संसदीय सुनुवाइबाट आएका छन् ।”

उनले संसदीय सुनुवाइबाट प्रधानन्यायाधीश र निर्वाचन आयुक्त अस्वीकृत भएको भन्दै सुनुवाइ चाहिँदैन भन्नेका लागि त्यो जवाफ हुने बताए ।

“प्रधानन्यायाधीश, निर्वाचन आयुक्तलाई सुनुवाइ समितिले रिजेक्ट गरेको छ । सुनुवाइ समितिले काम गरेको छ, उजुरी आह्वान गरेको छ । त्यही उजुरीमाथि आमनेसामने राखेर छलफल गर्छ,” प्रधानमन्त्री ओलीले भने, “सुनुवाइ समितिको काम छैन भन्थ्यो, त्यो पनि अहिले असत्य भयो । अहिले काम गरेको छ ।” 

उनले आफ्नो मान्छे राखेर मेरिटोक्रेसीको अभ्यास भएको पनि देखिएको बताए । रास्वपाले राजदूत नियुक्तिमा देखाएको मेरिटोक्रेसी भन्दै उनले व्यंग्य समेत गरे । “आफ्नो मान्छे राखे ‘मेरिटोक्रेसी’ नभए नहुने हुँदैन । अहिलेको समय मान्छे आफ्नो छान्ने हैन, समक्ष र योग्य परिणाम दिन सक्ने मान्छे छान्ने हो,” ओलीले भने, “म माननीयज्यूलाई सोध्न चाहन्छु कसैलाई सिफारिस नगरेको, 'आफ्नो मान्छे' नबोकेको माननीय हुनुहुन्छ कि हुनुहुन्न ? कति हुनुहुन्छ ?”

प्रधानमन्त्रीको यस्तो प्रश्नपछि समितिमा हाँसो छुटेको थियो ।

हाँसोकै क्रममा मेरिटोक्रेसीवालाले अन्तर्वार्तामा बोलाएर परिचयसँग सम्बन्धित प्रश्न मात्र सोधेर पठाएको उल्लेख गरे । उनले सबै प्रश्न मिलाएर फर्किएका मान्छे किन फेल भए भन्दै प्रश्न गरेका थिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro