site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद् विधेयक राख्ने सहमति
तस्बिर : रासस ।

काठमाडौं । मिडिया काउन्सिल विधेयक, २०८० को नाम आमसञ्चार परिषद् विधेयक राख्ने संसदीय समितिमा सहमति जुटेको छ ।

राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा उक्त विधेयकमाथि दफावार छलफल गरिएको थियो । सोही बैठकमा त्यसको नाम आमसञ्चार परिषद् विधेयक राख्ने सहमति जुटेको हो ।

समिति सदस्यहरूले मिडिया काउन्सिल नाम अंग्रेजीबाट भएको भन्दै नेपालीकरण गर्न प्रस्ताव गरेका थिए । सदस्यहरूले नाम नेपालीकरण गरिनुपर्नेमा जोड दिएका थिए ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि नाम नेपालीकरण गर्न सरकार तयार रहेको बताएका थिए । योसँगै मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद् विधेयक राख्न सहमति जुटेको समितिका सभापति जयन्तीदेवी राईले घोषणा गरिन् ।

अब परिवर्तित नामअनुरूप बाँकी प्रक्रिया अगाडि बढाइने उनले बताइन् । उनले विधेयकको नाम परिवर्तन गरेको नभई नेपाली भाषालाई जोगाउने उद्देश्यसहित नेपालीकरण गरिएको स्पष्ट पारिन् । विधेयकका विषयवस्तु भने परिवर्तन नहुने उनको भनाइ छ ।

“भाषा जोगाऊँ भन्ने हिसाबले नाम नेपालीकरण गरेको हो । आमसञ्चार परिषद् विधेयक नाम हुने भयो,” उनले भनिन्, “त्यसभित्रको कन्टेन्टहरू परिवर्तन हुँदैन । नाम आमसञ्चार परिषद् राख्ने कुरामा सहमतिजस्तै भयो ।”

सभापति राईले उक्त विधेयक सञ्चार क्षेत्रलाई सरकारले नियन्त्रण गर्ने गरी ल्याइएको भन्ने सरोकारवालाको गुनासो रहेको उल्लेख गरिन् । कुनै हालतमा सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न नदिइने उनले बताइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro