site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विष्णुमती सतर्कता तह पार
विष्णुमती नदीमा बाढी । फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा विष्णुमती नदीको जलसतह सतर्कता तह पार भएको छ । मंगलबार बिहान गोंगबु जलमापन केन्द्रमा विष्णुमती नदी सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आज दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

“साउन २२, बिहान ९ः३० बजे । काठमाडौं जिल्लास्थित विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाइराखौँ,” महाशाखाको सूचनामा उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro