site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुगलले गैरकानुनी काम गरेको अमेरिकी फैसला

वाशिङटन । अमेरिकाका एक न्यायाधीशले गुगलले अनलाइन ‘सर्च’ र सम्बन्धित विज्ञापनमा आफ्ना प्रतिस्पर्धीलाई दबाएर एकाधिकार कायम गर्न गैरकानुनी काम गरेको फैसला गरेका छन् । 

सोमबारको सो महत्वपूर्ण फैसला गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटलाई ठूलो झट्का भएको जनाइएको छ । गुगलमाथि अमेरिकाको कानुन मन्त्रालयले यसबारेमा सन् २०२०मा मुद्दा दायर गरेको थियो । जसमा गुगलले करिब ९० प्रतिशत अनलाइन सर्च मार्केटमा एकाधिकार लिइरहेको दाबी गरिएको थियो ।

गुगलले एकाधिकार लिइरहेको सो क्षेत्रमा अरु प्रतिस्पर्धीलाई बलियो बनाउन लागि परेका थुप्रै मुद्दामध्ये सोमबार फैसला भएको मुद्दा एउटा भएको जनाइएको छ ।  यो फैसलापछि गुगल र अल्फाबेटले के सजाय पाउँछन् भन्ने बारेमा प्रष्ट भइसकेको छैन ।  

जरिबाना वा अन्य उपायहरूको बारेमा भविश्यमा हुने सुनुवाइमा निर्णय आउन सक्नेछ । 

सरकारले सैद्धान्तिक रूपमा यस विषयमा ‘संरचनागत राहत’को कुरा गरेको छ । यसको अर्थ कम्पनीको ‘ब्रेक अप’ हुनसक्छ । 

अमेरिकाका जिल्ला न्यायाधिश अमित मेहताले आफ्नो २७७ पेज लामो धारणामा भनेका छन्, “गुगल एकाधिकारवादी हो । उसले आफ्नो एकाधिकार कायम गर्ने काम गरेको छ ।” 

अल्फाबेटले भने फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । बीबीसी
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro