site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिवेदन तयार गर्न सहकारी छानबिन समितिले थाल्यो गृहकार्य
Tiktok banner adTiktok banner ad

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन तयार गर्न गृहकार्य थालेको छ ।

सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिको कार्यादेशमा आधारित भएर प्रतिवेदन बनाउन आवश्यक सुझाव लिएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।

प्रतिवेदनमा समेट्ने विषयमा सचिवालयबाट प्रस्तुत खाकाका विषयमा बैठकमा छलफल भएको भन्दै उनले खाकालाई सर्वसम्मतले पारित गरेको बताए ।

उनका अनुसार यसअघि भएका छलफलका निष्कर्षलाई समेटेर प्रतिवेदन मस्यौदा बनाउँदै लैजाने र आवश्यकताअनुसार सरोकारवाला निकायसँग छलफल पनि गरिनेछ ।

त्यस्तै, उनले सहकारी रकम हिनामिनामा आरोपित सम्बन्धित सहकारीका अध्यक्षलगायतका पदाधिकारीसँग पनि समितिले छलफल गर्ने र त्यसका लागि प्रश्नहरूको खाका तयार गरिएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro