site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा बोतल र जारको पानी ढुक्कले पिउनयोग्य छ ? 
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यका यतिखेर हैजाको हब बनेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार १९ जुलाइयता १ अगस्टसम्म ललितपुरमा मात्रै १६ जना हैजा संक्रमित देखिएका छन् । 

काठमाडौंमा एक, कैलालीमा आठ, र प्युठानमा दुई गरी सोमबारसम्म संक्रमितको संख्या २७ पुगेको छ । पछिल्ला दुई वर्षयता काठमाडौं उपत्यकामा लगातार हैजा महामारीकै रूपमा फैलिँदै आएको छ । 

यस वर्ष पनि समुदायमा भित्रभित्रै हैजा फैलिरहेको र यसले महामारीको रूप लिनसक्ने विज्ञहरूको आँकलन छ । संक्रमणको मुख्य कारण नै असुरक्षित पानी र बाहिरको खानेकुरा भएको नियामक निकायहरूको रिपोर्टमा देखिएको छ । 

KFC Island Ad
NIC Asia

काठमाडौं उपत्यकाको पिउने पानी कति सुरक्षित छ त ? के बोतल र जारको प्रशोधित पानी ढुक्क भएर पिउने अवस्था छ ? बाह्रखरीले केही विज्ञ तथा सरोकारवाला निकायका अधिकारीहरूसँग कुराकानी गरेका थियौँ, यस्तो छ तथ्य । 

काठमाडौं उपत्यकामा पहिलोपटक (१९ जुलाई) मा ललितपुरको ठैवस्थित एक रिह्याव सेन्टरबाट हैजा आउट ब्रेक भएको थियो । सेन्टरका दुईजनामा हैजा पुष्टि हुनासाथ स्वास्थ्य कार्यालय ललितपुरले सेन्टरमा खानपिनमा प्रयोग गर्ने पानीको परीक्षण गरेको थियो । 

Royal Enfield Island Ad

परीक्षणको क्रममा धारा र इनार दुवै स्रोतका पानीमा दिसामा पाइने फिकल इकोली जिवाणु भेटियो । कार्यालयले इनार बन्द नै गर्न निर्देशन दियो, धाराको पानीमा भने एक सातापछि दोस्रोपटक परीक्षण गर्दा सो जिवाणु देखिएन । धाराको पानी उमालेर पिउन कार्यालयले सुझाव दियो । 

हाल सो केन्द्र, ललितपुर महानगर, गोदावरी र महालक्ष्मी नगरपालिकामा गरी ललितपुरमा १८ जना हैजा संक्रमित देखिएका छन् । संक्रमित देखिएका क्षेत्रको पानीको परीक्षण निरन्तर जारी छ । (डा. भुवन पौडेल प्रमुख, जनस्वास्थ्य कार्यालय ललितपुर)  

काठमाडौंको कालीमाटी र टोखा नगरपालिका–२ का दुईजनामा २६ जुलाईमा हैजा संक्रमण पुष्टि भयो ।  उनीहरू दुवैलाई अस्पताल भर्ना गरेर उपचार गरिएको थियो । संक्रमण देखिएसँगै स्वास्थ्य कार्यालय काठमाडौंले सो क्षेत्रको पानी परीक्षण गरेको थियो । 

संक्रमित बस्ने घरमा ट्यांकर, धारा र आकासे पानी संकलन गरेर प्रयोग गरेको पाइयो । केही दिनदेखि भण्डारण गरेर सानो ड्रममा राखिएको पानीमा इकोलीको मात्रा धेरै नै देखिएको थियो । बर्षायाम सुरु भएयता नै कार्यालयले पानीको परीक्षण नियमित गरिरहेको छ । (डा. अर्जुन सापकोटा प्रमुख, जनस्वास्थ्य कार्यालय काठमाडौं )

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले विगत धेरै वर्षदेखि काठमाडौं उपत्यकाका विभिन्न स्रोतहरूको पानीको अनुसन्धान गरिरहेको छ । धारा, ट्युबेल, इनार, ट्यांकर, बोतल, जारलगायत सबै स्रोतका पानीमा ब्याक्टेरिया भेटिएको छ । 

ब्याक्टेरिया भेटिँदा मात्रै पानीलाई असुरक्षित भन्न मिल्दैन त्यसलाई उमालेर शुद्धीकरण गरेर खानपिउन मिल्छ । तर, कतिपय स्रोतका पानीमा भने दिसामा पाइने इकोली नै भेटिन्छ, यस्तो पानी प्रयोगयोग्य हुँदैन । 

प्रशोधित पानीमा समेत यस्ता जीवाणुहरू भेटिएका रिपोर्ट धेरै छन् । यतिसम्म की गतवर्ष वाग्मती नदीको पानीमा एन्टि माइक्रोबियल रेसिस्टेन्स गराउने तत्वहरू समेत भेटिएको थियो । 

यस्ता तत्वले शरीरमा एन्टिबायोटिक औषधिले काम नगर्ने क्षमता विकास गराउँछन्, जुन अहिले विश्वव्यवापी जनस्वास्थ्य चुनौती बनिरहेको छ । यस्ता जीवाणुहरूको संक्रमणबाट बच्न पानी उमालेर पिउनु पहिलो सुरक्षित उपाय हो भने भण्डारण पनि सुरक्षित तवरले गर्नु आवश्यक छ । (डा. टिष्टा प्रसाईं जोशी, वरिष्ट वैज्ञानिक, नाष्ट) 

२०८१ साउन ९ गते वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंको गोकर्णेश्वर–६ स्थित क्वालिटी खानेपानी प्रालिलाई ५० हजार रुपैयाँ जरिवानासहित कारबाही गर्‍यो । अनुगमनका क्रममा सो कम्पनी सञ्चालन गर्न आवश्यक दर्ता प्रमाणपत्र, मूल्यसूची नपुर्‍याउको पाइयो । 

कागजातसम्बन्धी यो कसुरलाई पनि पानी सप्लार्यस कम्पनीको मापदण्ड नपुगेकै मानिन्छ । पछिल्लो समय होटेलमा सप्लाइ हुने बोतल र जारको प्रशोधित पानीमा लेबलिङ नगरिएको, गुणस्तर यकिन नभएको जस्ता उजुरी आइरहेका छन् । सो उजुरीका आधारमा अनुगमन गर्दा पानीको गुणस्तरमा हुनुपर्ने मापदण्डअनुसार भएको पाइँदैन । विभागले नियमित पानीको बजार अनुगमन गरिरहेको छ । (राकेश पाण्डे निर्देशक, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग)

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकामा सुरक्षित पानी सप्लाइमा काम गरिरहेको छ । तर नियमित सप्लाइ नभइरहेको अवस्थामा पानी शुद्धीकरण गर्न प्रयोग भएका रसायनहरू नै पाइपमा जम्मा भएर कहिलेकाही पानी दूषित भइरहेको हुन्छ । 

वर्षायाममा पाइपहरू बाटोमा फुट्ने, चुहिने, ढल मिसिनेजस्ता समस्या देखिएसम्म मर्मत गरिन्छ । तर, नदेखिएका तथा पुराना पाइपहरूमा यी समस्या भइ पानी दूषित हुनसक्छ । त्यसैले अहिलेको अवस्थामा सबैभन्दा सुरक्षित उपाय भनेको पानी उमालेर पिउनु नै हो । (शैलजा अधिकारी प्रमुख, वाटर क्वालिटी एस्युरेन्स डिभिजन, केयूकेएल) 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro