site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसियाली सेयर बजारमा गिरावट

टोकियो । विश्वभरी नै गएको साता सेयर बजारको सूचकांकमा गिरावट आयो । एसियाली बजारमा पनि सोमबार गिरावट देखिएको छ । 

भारतीय बजारमा पनि यो गिरावट देखिएको छ । निफ्टीमा करिब ७२० र सेंसेक्समा करिब २२०० अंकले गिरावट आएको छ । जापानको सूचकांक निक्केई २२५ मा ७.३ प्रतिशत गिरावट आयो भने टापिक्समा आठ प्रतिशत गिरावट आएको छ । 

ताइवानको मुख्य सेयर सूचकांकमा ७.७ प्रतिशत गिरावट आएको छ । चिप बनाउने दिग्गज कम्पनी टीएसएमसीको सेयरमा ८.४ प्रतिशत गिरावट आएको छ ।

दक्षिण कोरियाको कोस्पी सूचकांकमा ६.६ प्रतिशत गिरावट आएको छ । सामसङसहित चिप बनाउने कम्पनीको कारोबारमा कमी भएको छ । तर, हङकङको हैंग सेंगमा केवल ०.२ प्रतिशत गिरावट आएको छ । अर्कातर्फ संघाई स्टक एक्सचेन्जमा केही बढेको देखिएको छ ।

क्रिप्टोकरेन्सीमा पनि गिरावट आएको छ । एक बिट क्वाइनको मूल्य ५३ हजार डलरको आसपासमा पुगेको छ । जुन फेब्रुअरीपछिको सबैभन्दा कम हो । 

शुक्रबार अमेरिकामा नोकरीको डेटा सार्वजनिक गरिएपछि न्युयोर्कमा सेयरमा भारी गिरावट देखिएको थियो ।

नोकरीको डेटा जारी भएपछि विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थामा मन्दीको आशंका पैदा भएको थियो । बीबीसी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro