site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको सडकमा युवकमाथि खुकुरी प्रहार, तीनजना समातिए

काठमाडौं । काठमाडौंमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका १८ वर्षीय अनिष मगर, दैलेखका २६ वर्षीय कुमार पण्डित र दार्चुलाका १९ वर्षीय प्रेमसिंह महरा छन् ।

मगर र पण्डित काठमाडौं महानगरपालिका–३१, आलोकनगरमा बस्दै आएका थिए । महरा काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटारस्थित हात्तीडाँडामा बस्दै आएका प्रहरीले जनाएको छ ।

आलोकनगरमा बस्दै आएका कैलालीको धनगढीका २२ वर्षीय मनत केसीमाथि आइतबार (हिजो) दिउँसो उनीहरूले खुकुरी प्रहार गरेको आरोप छ । आलोकनगरस्थित सौराहा होटेलनजिक सडकमा उनीहरूबीच विवाद भएको थियो । त्यसक्रममा खुकुरी प्रहार गर्दा मनतको दाहिने हातको औँला पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

घटनापछि खोजतलासका क्रममा आइतबारै बेलुका काठमाडौंका विभिन्न स्थानबाट खुकुरीसहित आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro