site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजार बढ्यो, कम्पनीको सेयर मूल्य बढेन !

काठमाडौं । तीन वर्षअगाडि २०७८ भदौ २ गते हिमालयन डिस्टिलरीको सेयर मूल्य साढे सात हजार रुपैयाँ थियो । यस कम्पनीको मात्र हैन, साल्ट ट्रेडिङ कर्पाेरेसनको ९ हजार ८७०, विशाल बजार कम्पनी लिमिडेको ६ हजार ७७१ र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पाँच हजार रुपैयाँ थियो । 

सेयर बजारले हालसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको दिन २०७८ भदौ २ गते अधिकांश कम्पनीको सेयर मूल्य एक हजार माथि थियो । २०७८ असार मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २१७ कम्पनी सूचीकृत थिए । यीमध्ये १८१ कम्पनीको मात्र सो दिन कारोबार भएको थियो । १८१ कम्पनीमध्ये ८० कम्पनीको सेयर मूल्य एक हजारभन्दा बढी थियो भने ४०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका कम्पनीको संख्या न्यून थियो । 

गत बिहीबार २४४ कम्पनीको सेयर कारोबार भएकोमा ४०० भन्दा कम सेयर मूल्य हुने कम्पनीको संख्या ५० भन्दा बढी छ । बिहीबार ६२ कम्पनीको सेयर मूल्य एक हजार बढी छ । हुन त यसरी एक हजारभन्दा बढी सेयर मूल्य हुनेमा यो तीन वर्षको बीचमा धितोपत्र दोस्रो बजारमा सूचीकृत भएका धेरै कम्पनीहरू पनि छन् । साल्ट ट्रेडिङ र विशाल बजारको सेयर मूल्य उच्च नै भए पनि हिमालयन डिस्टिलरीको सेयर मूल्य भने अधिक न्यून छ । यस कम्पनीको सेयर मूल्य गत बिहीबार एकहजार ५६२ रुपैयाँ कायम भएको छ । २०७८ साउन भदौको तुलनमा यस कम्पनीका लगानीकर्ताले प्रतिकित्ता पाँच हजार ९७३ रुपैयाँ गुमाएका छन् । 

Dabur Nepal
NIC Asia

यो कम्पनी त एउटा उदाहरणमात्र हो । योसँगै धेरै कम्पनीहरूको मूल्य त्यो समय उच्च थियो । जसमा सबैभन्दा बढ्नेमा माइक्रोफाइनान्स, हाइड्रोपावर र फाइनान्स समूह थिए । 

नेपाल राष्ट्र बैंकका अनुसार २०८१ जेठ मसान्तसम्म नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, सात होटल, सात लगानी कम्पनी, चार व्यापारिक संस्था र सात अन्य समूहका छन् । 

२०७८ असार मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका थिए भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, पाँच होटल, पाँच लगानी कम्पनी, चार व्यापारिक संस्था र तीन अन्य समूहका कम्पनी थिए । 

२०७८ यता बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर भएर संख्या घटेको छ । थप ५१ जलविद्युत् कम्पनी नेप्सेमा सूचीकृत भएका छन् । यसका साथै उत्पादन तथा प्रशोधन उद्योग कम्पनीहरू १९ बाट २२, होटल पाँचबाट सात, लगानी चारबाट सात र अन्य तीनबाट सात पुगेको अवस्था छ । 

गत जेठसम्म सूचीकृत कम्पनीहरूमध्येबैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५८.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

बजारमा नयाँ कम्पनी बढे, कम्पनीको सेयर मूल्य बढेन 

हाल दैनिक २१ अर्बको सेयर कारोबार हुन थालेको छ । यसले पनि बजार उकालो लागेको कतिपयको बुझाइ छ । तर, बजारमा नयाँ कम्पनी थपिएकाले यो कारोबारलाई स्वाभाविकरूपमा लिइएको छ । 

२०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएयता त्यो उच्च कारोबारको रेकर्डलाई तोड्न सकेको अवस्था थिएन । तर, साउन १६ गते २१ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएर तीन वर्षपछि रेकर्ड तोडिएको छ । त्यसपछिको कारोबार दिन बिहीबार २१ अर्ब ७१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । 

बजारमा नयाँ कम्पनी, म्युचुअल फन्ड तथा ऋणपत्रहरू थपिएकाले पनि कारोबार रकम बढ्ने अनुमान गरिएको छ । 

२०७८ सालमा कम्पनीहरू कम भएकाले २१ अर्बको कारोबार हुनुलाई अस्वाभाविक लिइएको थियो । त्यो बेलाको तुलनामा अहिले ती कम्पनीको सेयर मूल्य कम छ । नबिल बैंककै कुरा गर्दा पनि त्यो बेला प्रतिसेयर मूल्य १४९५ रुपैयाँ थियो । अहिले यस कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ६६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अहिले नयाँ कम्पनीले बजारमा आएकाले पनि बजार उच्च भएको मान्न सकिने त्रिभुवन विश्व विद्यालयका व्यवस्थापन संकायका उपप्राध्यापक डा. भरतसिंह थापा बताउँछन् ।

“पहिलेको बुलमा बैंक तथा वित्तीय संस्थाको मूल्य उच्च थियो । मर्जर र एक्विजिसनले गर्दा अहिले बैंक तथा वित्तीय क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको अवस्था छ,” उनले भने, “बुलमा सधैँ एउटै कम्पनीको मूल्य नै उच्च हुन्छ भन्ने हुँदैन । नयाँ कम्पनीको पर्फेन्सका कारणले पनि ती कम्पनीले नेतृत्व गर्न सक्छन् ।” 

बजारमा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने कम्पनीहरू बढेकाले अहिलेको बजार बढ्दा पनि कम्पनीका सेयर मूल्य खासै नबढेको देखिएको उपप्रध्यापक थापा बताउँछन् । 

तर, कुनै कुनै कम्पनीका मूल्य अस्वाभाविक बढेकाले ती कम्पनीमा अरूको भनाइमा लागेर सर्वसाधारणले लगानी गर्न नहुने उनको भनाइ छ । 

   सेयर मूल्य (रु. मा) 
क्रसंसंकेतकम्पनीको नाम०८१ साउन १७०८१ साउन १७ घट्बढ
RBCLराष्ट्रिय बिमा कम्पनी लिमिटेड१७१११.१२०१९०-३०७८.९
UNLयुनिलिभर नेपाल लिमिटेड५२,१२५२००००३२१२५
BNTबोटलर्स नेपाल (तराई) लिमिटेड१६५१०१०८००५७१०
STCसाल्ट ट्रेडिङ कर्पोरेशन५९१०९८७०-३९६०
HDLहिमालयन डिस्टिलरी लिमिटेड१५८२७५३५-५९५३
BBCविशाल बजार कम्पनी लिमिटेड४५९९.९६७७१-२१७१.१
MLBSLमहिला लागुवित्त बित्तीय संस्था लिमिटेड२०६०५०००-२९४०
CITनागरिक लगानी कोष२३७९४०३०-१६५१
JSLBBजनउत्थान सामुदायिक लघुवित्त संस्था लिमिटेड१५२९३५९०-२०६१
१०JBLBजीवन विकास लघुवित्त संस्था लि१६७९.९३५५१-१८७१.१
११NMFBSराष्ट्रिय लघुवित्त वित्तीय संस्था लिमिटेड१६४६३४६५-१८१९
१२FOWADफरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड१५६८३०८९-१५२१
१३SMBसपोर्ट माइक्रोफाइनान्स बिटिया संस्था लिमिटेड१८३३२७००-८६७
१४SMFBSस्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड१५२९.९२६३४-११०४.१
१५GILBग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लि.१३९४२६१४-१२२०
१६LICNजीवन बिमा निगम (नेपाल) लिमिटेड१७४२२३९०-६४८
१७LLBSलक्ष्मी लघुवित्त वित्तीय संस्था लि.१२७०२३६०-१०९०
१८MLBBLमिथिला लघुवित्त बित्तीय संस्था लिमिटेड१६३२.५२२३९.७-६०७.२
१९USLBउन्नति सहकारी लघुवित्त वित्तीय संस्था लिमिटेड१७७८.९२२३९.५-४६०.६
२०MSLBमहुली लघुवित्त वित्तीय संस्था लिमिटेड१४०७२२०६-७९९
२१SKBBLसाना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड९९१.५२०२५-१०३३.५
२२ALBSLआशा लघुवित्त बित्तीय संस्था लि१०७७१९८०-९०३
२३SICLशिखर इन्स्योरेन्स कम्पनी लिमिटेड८९०१९७९-१०८९
२४SWBBLस्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड१०५४.९१९१४-८५९.१
२५ILBSइन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड१२००.८१९११-७१०.२
२६GLBSLगुराँस लघुवित्त बित्तीय संस्था लिमिटेड१८९९१९१०-११
२७CBBLछिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड१०४७१८९४-८४७
२८NLICनेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड८७०१८८२-१०१२
२९VLBSविजय लघुवित्त बित्तीय संस्था लि.१०३६१८६३-८२७
३०DDBLडेप्रोस्क लघुवित्त वित्तीय संस्था लिमिटेड१०६०१८०७-७४७
३१SHIVMशिवम सिमेन्ट्स लि६४४१७९३-११४९
३२RURUरु रु जलविद्युत् परियोजना लिमिटेड७५७१७७०-१०१३
३३GMFBSगणपति लघुवित्त वित्तीय संस्था लिमिटेड१७५२.३१७४४८.३
३४NUBLनिर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड८४४१७०२-८५८
३५SMATAसमता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड१११११६७०.२-५५९.२
३६ACLBSLआरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड१२२४१६६६-४४२
३७MEROमेरो लघुवित्त वित्तीय संस्था लि.९००१६४५-७४५
३८HLBSLहिमालयन लघुवित्त बित्तीय संस्था लिमिटेड१२५३१५९८-३४५
३९NRICनेपाल पुनर्बिमा कम्पनी लिमिटेड८५४.९१५९०-७३५.१
४०NICLBSLएनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड८०२१५७५-७७३
४१SLBSLसामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड१३४४१५६०-२१६
४२SLBBLस्वरोजगार लघुवित्त वित्तीय संस्था लि.९१४.११५४५-६३०.९
४३NMBMFएनएमबी लघुवित्त वित्तीय संस्था लि.८२७.८१५३०-७०२.२
४४MENमाउन्टेन इनर्जी नेपाल लिमिटेड६८४.९१५२१-८३६.१
४५CGHचन्द्रागिरि हिल्स लिमिटेड१२४५१५००-२५५
४६NABILनबिल बैंक लिमिटेड६४५१४९५-८५०
४७NILनेको इन्स्योरेन्स लिमिटेड९४८१४६५-५१७
४८ALICLएशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड७५३.९१४५५-७०१.१
४९KMCDBकालिका लघुवित्त बित्तीय संस्था लिमिटेड११००१४४२-३४२
५०MFILमञ्जुश्री फाइनान्स लिमिटेड७६८१३७०-६०२
५१GBLBSग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.९०१.६१३२२-४२०.४
५२GUFLगोर्खाज फाइनान्स लिमिटेड९३११२९९-३६८
५३FMDBLफर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड९२९१२९०-३६१
५४SPILसिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड९८०१२६०-२८०
५५NGPLन्गादी ग्रुप पावर लिमिटेड४२४१२५५-८३१
५६CHDCसीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड१७७११२३८५३३
५७NLICLनेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड७२०.२१२२३-५०२.८
५८NTCनेपाल दूरसंचार कम्पनी लिमिटेड१०००१२०५-२०५
५९RSDCआरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड८३०.२११२५-२९४.८
६०EDBLएक्सेल विकास बैंक लिमिटेड५२४११०६.२-५८२.२
६१NLGएनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड९७०१०९६-१२६
६२ICFCआईसीएफसी फाइनान्स लिमिटेड७६७१०८८-३२१
६३NICLनेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड१०५०१०३४१६
६४CORBLकर्पोरेट विकास बैंक लिमिटेड६९२.३१०३०-३३७.७
६५PMLIप्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड६४४१०१५-३७१
६६PRINप्रभु इन्स्योरेन्स लि.१०१०१०००१०
६७NICAएनआईसी एशिया बैंक लिमिटेड५१७९९५-४७८
६८NRNएनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड१०४९९६०८९
६९NABBCनारायणी विकास बैंक लिमिटेड६०८.९९४५-३३६.१
७०RADHIराधी विद्युत् कम्पनी लिमिटेड३८७९१३-५२६
७१GFCLगुडविल फाइनान्स लिमिटेड८१२९०४.७-९२.७
७२PFLपोखरा फाइनान्स लिमिटेड६७५.६८५४-१७८.४
७३KSBBLकामना सेवा विकास बैंक लिमिटेड४९९८४५-३४६
७४KPCLकालिका पावर कम्पनी लिमिटेड५३०८४०-३१०
७५IGIआईजीआई प्रुडेन्शियल बिमा लिमिटेड६६७.५८३८-१७०.५
७६MNBBLमुक्तिनाथ विकास बैंक लिमिटेड४३८.८८३४-३९५.२
७७SIKLESसिक्लेस हाइड्रोपावर लिमिटेड७८०८२३-४३
७८MDBमितेरी विकास बैंक लिमिटेड६१०८२३-२१३
७९UPPERमाथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड२१५८०४-५८९
८०AKPLअरुण काबेली पावर लिमिटेड२२४.९८०२.२-५७७.३
८१HEIहिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड७४५८०२-५७
८२NHDLनेपाल हाइड्रो डेभलपर्स लिमिटेड७०४७८९-८५
८३UMRHयुनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लिमिटेड।४६७.५७८०-३१२.५
८४HLIहिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड४८६.९७७५-२८८.१
८५NFSनेपाल फाइनान्स लि.२१५४७६५१३८९
८६EBLएभरेष्ट बैंक लिमिटेड६७०.१७५९-८८.९
८७MLBLमहालक्ष्मी विकास बैंक लिमिटेड४५८७५१-२९३
८८BARUNबरुण हाइड्रोपावर कम्पनी लिमिटेड३८६७५०-३६४
८९SJLICसूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड५२८७४८.१-२२०.१
९०SGICसानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड७१८७३७-१९
९१CFCLकेन्द्रीय वित्त कम्पनी लिमिटेड६७५७२९-५४
९२LBBLलुम्बिनी विकास बैंक लिमिटेड४८४७२९-२४५
९३HPPLहिमालयन पावर पार्टनर लिमिटेड३७०७२६-३५६
९४GBBLगरिमा विकास बैंक लिमिटेड४६०७२०-२६०
९५SPDLसिनर्जी पावर डेभलपमेन्ट लिमिटेड३२४.४७१७.९-३९३.५
९६JFLजानकी फाइनान्स कम्पनी लिमिटेड८१५७१३१०२
९७RLFLरिलायन्स फाइनान्स लिमिटेड५७०७१२.५-१४२.५
९८CHCLचिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड६२५७०८-८३
९९AHPCअरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड२३०६९०.८-४६०.८
१००SFCLसमृद्धि फाइनान्स कम्पनी लिमिटेड६७०६८५-१५
१०१MHNLमाउन्टेन हाइड्रो नेपाल लिमिटेड२८४.९६८५-४००.१
१०२GMFILगुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड६५५६७०-१५
१०३CHLछ्याङ्दी हाइड्रोपावर लिमिटेड३८८६६८-२८०
१०४SIFCश्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड६८६६५३३३
१०५SHPCसानिमा माई हाइड्रोपावर लिमिटेड४९७६४६-१४९
१०६OHLओरिएन्टल होटल्स लिमिटेड११२५६४०४८५
१०७MPFLबहुउद्देश्यीय वित्त कम्पनी लिमिटेड६७५६३९.९३५.१
१०८BPCLबुटवल पावर कम्पनी लिमिटेड३८६६३५-२४९
१०९SHELसिंगटी हाइड्रो इनर्जी लिमिटेड२४१६३०.२-३८९.२
११०APIएपि पावर कम्पनी लिमिटेड२५३.९६३०-३७६.१
१११GLHग्रीनलाइफ हाइड्रोपावर लिमिटेड२७०६२९-३५९
११२SHINEशाइन रेसुङ्गा विकास बैंक लिमिटेड५२३६२५-१०२
११३JBBLज्योति विकास बैंक लिमिटेड३८९६२३-२३४
११४HURJAहिमालय उर्जा विकास कम्पनी लिमिटेड२३४६२३-३८९
११५UPCLयुनिभर्सल पावर कम्पनी लि२७०६१०-३४०
११६PPCLपाँचथर पावर कम्प्यान्ट लिमिटेड२९३६०७-३१४
११७BFCबेस्ट फाइनान्स कम्पनी लिमिटेड६३२.५५९९३३.५
११८ADBLकृषि विकास बैंक लिमिटेड३६९.८५९५-२२५.२
११९SINDUसिन्धु विकास बैंक लिमिटेड५१४५९३-७९
१२०UMHLयुनाइटेड मोदी हाइड्रोपावर लिमिटेड३१३५९३-२८०
१२१SCBस्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड६९२५८११११
१२२SADBLसांग्रिला विकास बैंक लिमिटेड४६४.५५७५-११०.५
१२३HIDCLजलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड२५७.४५७४-३१६.६
१२४SBLसिद्धार्थ बैंक लिमिटेड३४१५७३-२३२
१२५NBLनेपाल बैंक लि२८१.९५६४-२८२.१
१२६UNHPLयुनियन हाइड्रोपावर लिमिटेड२९६५६०-२६४
१२७KRBLकर्णाली विकास बैंक लिमिटेड५४९५४९
१२८SANIMAसानिमा बैंक लिमिटेड३४५५३८-१९३
१२९PCBLप्राइम कमर्सियल बैंक लिमिटेड२९५५२१.९-२२६.९
१३०PROFLप्रोग्रेसिभ फाइनान्स लिमिटेड६५७.३५२०१३७.३
१३१GRDBLहरित विकास बैंक लिमिटेड५९१५२०७१
१३२SAPDBLसप्तकोशी विकास बैंक लि४७१५१५-४४
१३३GHLघलेम्दी हाइड्रो लिमिटेड२१८५०९-२९१
१३४RHPLरसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड४०५५०४-९९
१३५SJCLसान्जेन जलविद्युत् कम्पनी लिमिटेड३७५५०१-१२६
१३६SSHLशिवश्री हाइड्रोपावर लिमिटेड२१६.५५००-२८३.५
१३७LECलिबर्टी इनर्जी कम्पनी लिमिटेड२३१४९८-२६७
१३८NHPCनेशनल हाइड्रो पावर कम्पनी लिमिटेड२०९४९८-२८९
१३९AKJCLअंकु खोला जलविद्युत् कम्पनी लिमिटेड२०५.५४९२.४-२८६.९
१४०KKHCखानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड२८६४९०-२०४
१४१GBIMEग्लोबल आईएमई बैंक लिमिटेड२५५.९४८४.४-२२८.५
१४२NIFRAनेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड२८०.५४८०-१९९.५
१४३NMBएनएमबी बैंक लिमिटेड२७१.५४७४.९-२०३.४
१४४PRVUप्रभु बैंक लिमिटेड२२३.७४७३.५-२४९.८
१४५JOSHIजोशी जलविद्युत् विकास कम्पनी लिमिटेड३३६४७२-१३६
१४६PMHPLपञ्चकन्या माई हाइड्रोपावर लिमिटेड३०५४६५-१६०
१४७HDHPCहिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड१९०.३४३९-२४८.७
१४८DHPLदिव्येश्वरी हाइड्रोपावर लिमिटेड२५९.५४३७-१७७.५
१४९MBLमाछापुच्छ्रे बैंक लिमिटेड२५९४३३-१७४
१५०TRHतारागाउँ रिजेन्सी होटल लिमिटेड११८०४२३७५७
१५१CZBILसिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड२६५.९४१५-१४९.१
१५२SBIनेपाल एसबीआई बैंक लिमिटेड४३३.१४०२३१.१
१५३LSLलक्ष्मी सनराइज बैंक लिमिटेड२३६.५४०१-१६४.५
१५४KBLकुमारी बैंक लिमिटेड२१६.१३८७-१७०.९
१५५NIMBनेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड२४९३८२.९-१३३.९
१५६HBLहिमालयन बैंक लिमिटेड२६६२८७-२१
१५७BNLबोटलर्स नेपाल (बालाजु) लिमिटेड१९१४३  
१५८SAMAJसमाज लघुवित्त वित्तीय संस्था लिमिटेड२८१०  
१५९ANLBआत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड२८००  
१६०ULBSLउपकार लघुवित्त वित्तीय संस्था लिमिटेड२७००.१  
१६१NESDOनेस्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड२३६०  
१६२UNLBयुनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड२२८९  
१६३KBSHकुथेली बुखारी साना जलविद्युत् लिमिटेड१८६३.४  
१६४SHLBश्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड१८३१.१  
१६५HATHYह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड१६२०  
१६६MKCLमुक्तिनाथ कृषि कम्पनी लिमिटेड१६२०  
१६७CYCLसीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड१५४४  
१६८WNLBवीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड१५३०  
१६९MLBSमानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड१४०३  
१७०DLBSधौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड१३६१  
१७१ENLइमर्जिङ नेपाल लिमिटेड१३२४  
१७२KDLकालिञ्चोक दर्शन लिमिटेड१३२०  
१७३NWCLनेपाल वेयरहाउसिङ कम्पनी लिमिटेड११८०  
१७४MANDUमाण्डु हाइड्रोपावर लिमिटेड११७०  
१७५SWMFसूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड११४०  
१७६AVYANएवियन लघुवित्त वित्तीय संस्था लिमिटेड१०८८.१  
१७७NADEPनादेप लघुवित्तीय संस्था लि.९९०  
१७८BGWTभगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड९६८  
१७९CITYसिटी होटल लिमिटेड९६५.८  
१८०SMHसुपर माई हाइड्रोपावर लिमिटेड९२०  
१८१SARBTMसर्वोत्तम सिमेन्ट लिमिटेड९१५  
१८२SPLशुभम पावर लिमिटेड८६९  
१८३NMLBBLनेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड८४८.२  
१८४SALICOसगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड८३९  
१८५MHLमंदाकिनी हाइड्रोपावर लिमिटेड८०३.७  
१८६UAILयुनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड७८९  
१८७MSHLमिड सोलु हाइड्रोपावर लिमिटेड७७५  
१८८HRLहिमालयन पुनर्बिमा लिमिटेड७७०  
१८९AHLएशियन हाइड्रोपावर लिमिटेड७३३.१  
१९०CKHLचिर्ख्वा हाइड्रोपावर लिमिटेड७१४  
१९१SMHLसुपर मादी हाइड्रोपावर लिमिटेड७०७.८  
१९२BHPLबाराही हाइड्रोपावर पब्लिक लिमिटेड७०७  
१९३TSHLथ्री स्टार हाइड्रोपावर लिमिटेड६८१  
१९४SPHLसायापात्री हाइड्रोपावर लिमिटेड६६२.१  
१९५SPCसामलिंग पावर कम्पनी लिमिटेड६४९  
१९६USHLअपर स्याङ हाइड्रोपावर लिमिटेड६४३  
१९७CLIसिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड६३५  
१९८BNHCबुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड६२५  
१९९RAWAरवा इनर्जी डेभलपमेन्ट लिमिटेड६२५  
२००SNLIसन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड६२४  
२०१SAHASसहस उर्जा लिमिटेड६२२  
२०२VLUCLभिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड६१९  
२०३GVLग्रीन भेन्चर्स लिमिटेड६१३.५  
२०४BHDCबिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड६०८.१  
२०५MKJCमैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड५९७.९  
२०६USHECअपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड५८५  
२०७EHPLइस्टर्न हाइड्रोपावर लिमिटेड५८४.९  
२०८UHEWAमाथिल्लो हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड५८१  
२०९MKHLमाई खोला हाइड्रोपावर लिमिटेड५८०  
२१०GCILघोराही सिमेन्ट उद्योग लि५७३  
२११MAKARमकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड५६९  
२१२TPCतेह्रथुम पावर कम्पनी लिमिटेड५६५  
२१३ILIआईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड५५७.५  
२१४SHLसोल्टी होटल लिमिटेड५५३.८  
२१५MMKJLमाथिल्लो मेलुन खोला जलविद्युत् लिमिटेड५५१  
२१६SRLIसानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड५४९  
२१७RNLIरिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड५४८  
२१८SONAसोनापुर मिनरल्स एण्ड आयल लिमिटेड५४३  
२१९TVCLत्रिशूली जलविद्युत् कम्पनी लिमिटेड५४०  
२२०IHLइन्ग्वा हाइड्रोपावर लिमिटेड५२९  
२२१TAMORसानिमा मध्य तमोर हाइड्रोपावर लिमिटेड५२०  
२२२NRMनेपाल रिपब्लिक मिडिया लिमिटेड५१८  
२२३MCHLमेँछियम हाइड्रोपावर लिमिटेड५१०  
२२४SMJCसगरमाथा जलविद्युत् कम्पनी लिमिटेड५०१  
२२५PPLपीपुल्स पावर लिमिटेड५००  
२२६DOLTIडोल्टी पावर कम्पनी लिमिटेड४८८.६  
२२७BEDCभुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड४८४  
२२८DORDIदोर्दी खोला जल विद्युत् कम्पनी लिमिटेड४७६  
२२९MHCLमोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड४७५  
२३०PHCLपीपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड४३१  
२३१SGHCस्वीट गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड४२५  
२३२ULHCमाथिल्लो लोहोर खोला हाइड्रोपावर कम्पनी लिमिटेड४२४.९  
२३३BHLबलेफी हाइड्रोपावर लिमिटेड४२१  
२३४HHLहिमालयन हाइड्रोपावर लिमिटेड४१६.९  
२३५RFPLरिभर फल्स पावर लिमिटेड४१०.९  
२३६RHGCLराप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड४०८  
२३७MKHCमाया खोला हाइड्रोपावर कम्पनी लिमिटेड३९६  
२३८MBJCमध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड३९०  
२३९MEHLमनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड३८५.१  
२४०NYADIन्यादी हाइड्रोपावर लिमिटेड३७२  
२४१MELमोदी इनर्जी लिमिटेड२७८.२  
२४२RIDIरिडी पावर कम्पनी लिमिटेड२४६  
२४३AKJCLअंकु खोला जलविद्युत् कम्पनी लिमिटेड२०५.५  

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro