बाह्रखरी फोटो
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौंको दरबारमार्गस्थित ओरियन्ट क्याफेमा कृषि उपज मेलाको अवलोकन गरेका छन् । हरेक शनिबार उक्त क्याफेमा कृषि उपजसम्बन्धी मेला आयोजना गरिँदै आएको छ ।
शनिबार (हिजो) मन्त्री अधिकारी उक्त मेलाको अवलोकन गर्न पुगेका थिए । त्यहाँ उनले विभिन्न स्टलको अवलोकन गरे ।
मेलामा कृषिमन्त्रीले काठको ठेकीमा मदानी घुमाएर मही पनि पारेका उनका स्वकीयसचिव विजय अधिकारीले बाह्रखरीलाई जानकारी दिए ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१ १५:१८
प्रतिक्रिया दिनुहोस्