site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
आश्माकुमारीले जितिन् ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि 

काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहिर्‍याइदिइन् ।

प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेशलन २०२४’ को उपाधि जिते ।

Dabur Nepal
NIC Asia

mdgmg-1722702085.jpg
यो वर्ष ‘मिस वर्ल्ड’मा भने ‘मिस नेपाल २०२३’ प्रधानले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतियोगितामा डा. रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्माचार्य, सहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रियंकारानी जोशी, शरद भेषावकर, रियासा दाहाल, विष्णुहरि पाण्डे, सकुन भण्डारीलगायत ११ निर्णायकको भूमिकामा थिए । मिस नेपालको आयोजना दी हिडन ट्रेजरले गर्दै आएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २१:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro