site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धी विधेयक प्राथमिकतामा : सभामुख घिमिरे
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धी विधेयक चालु अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताएका छन् । डा. सन्दुक रुइतले आँखाका क्षेत्रमा कमाएको अन्तर्राष्ट्रिय ख्यातिलाई समेत ध्यानमा राखेर आफूले उक्त विश्वविद्यालयसम्बन्धी विधेयक संसद्‌मा दर्ता गर्ने काममा पनि सहयोग गरेको उनले उल्लेख गरे ।

शनिबार काठमाडौंमा ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको एक कार्यक्रममा उनले उक्त विश्वविद्यालय बनेपछि नेपालले आँखाका क्षेत्रमा अध्ययन, अनुसन्धानलगायत कामलाई सहज ढंगले अघि बढाउन सकिने विश्वास व्यक्त गरे । सरकारले पनि विधेयकलाई अघि बढाउन महत्त्व दिएको उनले बताए ।

सभामुख घिमिरेले उक्त विधेयकमा देखिएको असजिला हटाउन पनि आफूले हरसम्भव प्रयास गरिरहेको बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro