site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

सिमलताल दुर्घटनामा हराएका बस र यात्रुको खोजीमा सहयोग गर्न नेपाल आएका भारतीय गोताखोरले प्रयोग गरेको चुम्बक हराएको घटनाको नेपालका लागि चिनिया राजदूतले सामाजिक सञ्जालमा उपहास गरे । उनले उपहास गर्दा कूटनीतिक मर्यादाका साथै मानवीय संवेदनाको पनि हेक्का राख्न नसकेको देखियो ।

मुगलिङ-नारायणगढ राजमार्गमा पर्ने सिमलतालमा पहिरोले  बगाएको दुईवटा बस र यात्रुहरू त्रिशुली नदीमा खसेका थिए । तिनको खोजीका लागि सहयोग गर्न भारतीय गोताखोरहरूले प्रयोग गरेको चुम्बकसमेत नदीमा हराएपछि चिनियाँ राजदूतले 'त्यसो हो भने चुम्बक खोज' भन्दै सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

चिनियाँ कूटनयिकका निम्ति यस्तो टिप्पणी शोभाजनक भएन । राजदूतको टिप्पणीको नेपाली समाज, संसद् र सामाजिक सञ्जालमा समेत व्यापक आलोचना भएको छ । सधैँको शुभेच्छुक मित्र चीनका राजदूतबाट दुःखका बेलामा गरिएको उपहासले नेपाली जनताको चित्त बढी दुखेको हुनुपर्छ ।  

राजदूतको टिप्पणीप्रति नेपालका सांसदहरूको ध्यान पनि बढी नै गयो । उनीहरूले संसद्भित्र आवाज उठाए । त्यतिसम्म स्वाभाविकै देखिन्थ्यो । तर, प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नै चिनियाँ राजदूतले सामाजिक सञ्जालमा गरेको टिप्पणीको विषय चर्काउन खोजेको हो भने त्यो उचित हुँदैन । 

चिनियाँ राजदूतको यस्तो टिप्पणी नेपालीका लागि नौलो हो । चिनियाँ कूटनयिकहरू भद्र, संयमित र परिपक्व हुने गर्थे । यसरी नेपालीको चित्त दुखाउने प्रवृत्ति उनीहरूमा पहिले कहिल्यै देखिएन । यसैले यसपटकको टिप्पणी सामान्य असवाधानीमात्रै हुनुपर्छ । राजदूत स्वयंले नै यसमा कमजोरी भएको महसुस गरिसके होलान् ।

कूटनीतिज्ञहरूबाट बढी नै सावधानीको अपेक्षा त हुन्छ तर निकट मित्रको सामान्य घोचपेचलाई 'आन्तरिक मामिलामा हस्तक्षेप' भनेर संसदीय समितिकै सभापतिले अतिरञ्जित गर्नु उचित होइन । चिनियाँ राजदूतको टिप्पणीले नेपालको सार्वभौम सत्ताको अवहेलना भयो भन्नेजस्तो भ्रम सिर्जना गरिँदा नेपालकै अहित हुनेछ ।

यस विषयलाई चर्काएर चीनको चित्त दुखाउने काम गरियो भने त्यो मूर्खतापूर्ण कृतघ्नता हुनेछ । नेपालले सानातिना कुरामा चीनजस्तो भरपर्दो शुभेच्छुकको चित्त कुँड्याउनु हुँदैन । संसद् वा सरकार कहीँ पनि यस विषयमा अनावश्यक टिकाटिप्पणी गर्नु अपरिपक्व मूर्खता हुनेछ । यो अध्याय अब बन्द होस् !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro