अर्थ व्यवसाय

काठमाडौं । झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ ।
दुर्गापुरमा झापाको पाँचौँ र देशभरको ३१४औँ शाखाको सञ्चालनमा आएको हो । बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरेका हुन् ।
बैंकका कोसी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यस क्षेत्रको आर्थिक चलायमान बनाउन बैंक शाखा सञ्चालनमा आएको बताए ।
हालसालै 'बैंक अफ द इयर २०२३' को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१४ शाखा कार्यालय, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत सेवा दिँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ १७:२६
प्रतिक्रिया दिनुहोस्