काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले केन्ट आरओ वाटर प्युरिफायरले शुद्ध पानी उपलब्ध गराउने जनाएको छ ।
देशभर हालसम्म २० जनामा हैजा पुष्टि भएको भन्दै कम्पनीले आफ्नो वाटरप्युरिफायरले पानीजन्य रोग लाग्नबाट जोगाउने दाबी गरेको छ ।
कम्पनीले केन्ट आरेओ वाटर प्युरिफायरमा आरओयूभी, यूएफ र टीडीएस सहितको बहुशुद्धीकरण प्रक्रिया रहेको बताएको छ ।
केन्ट आरओ वाटर प्युरिफायरले पिउने पानी सुरक्षित र शुद्ध छ भनी सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
वाटर प्युरिफायरमा हुनुपर्ने गुणस्तर प्रमाणीकरण केन्ट आरओ वाटर प्युरिफायरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
पानीजन्य रोगबाट बच्दै शुद्ध र सफा पानी पिउन केन्ट वाटर प्युरिफायर विश्वसनी, सुरक्षित र गुणस्तरीय रहेको कम्पनीको दाबी छ ।