site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘रावायण’को टिजरमा पलको एक्सन 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘रावायण’को टिजर सार्वजनिक भएको छ । भदौ २१ गतेबाट रिलिज हुने चलचित्र आज काठमाडौंमा एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो ।

चलचित्रको टिजरमा नायक पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ । दाह्री र जुँगाको गेटअपमा देखिएका पलले खलपात्रसँग गरेको द्वन्द्वलाई टिजरमा प्राथमिकता दिइएको छ । 

खलपात्रका रूपमा देखिएका प्रमोद अग्रहरि, प्रकाश शाह, प्रदीप ढकाललाई सशक्त रुपमा प्रस्तुत गरिएको छ । टिजरमा नायिका पूजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक पनि अटाएका छन् । 

चलचित्रलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका छन् । चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, रोजिता पराजुलीलगायतको अभिनय छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro