site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार हात्ती परिचालन गरेर नियन्त्रणमा लिइयो कञ्चनपुरको नरभक्षी बाघ

काठमाडौं । कञ्चनपुरमा एक जनाको ज्यान लिने नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । निकुञ्ज र नेपाली सेनाको टोलीले शुक्रबार नरभक्षी बाघलाई नियन्त्रणमा लिएको हो ।

बिहीबार दोधाराचाँदनकी हिराकुमारी शाहीलाई धान गोड्न गएका बेला नजिकैको उखुबारीमा लुकेर बसेको बाघले आक्रमण गरेर ज्यान लिएको थियो । अर्का एक जनालाई घाइते बनाएको थियो ।

बिहीबारदेखि नै हात्ती परिचालन गरेर बाघको खोजी थालिएको थियो । बाघलाई शुक्रबार उखुबारीबाटै नियन्त्रणमा लिइएको हो ।

बाघलाई नियन्त्रणमा लिन शुक्लाफाटा राष्ट्रिय निकुञ्जका चार हात्ती परिचालन गरेर नियन्त्रणमा लिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए । बाघलाई निकुञ्जका चिकित्सकले डार्ट गन प्रहार गरेर बेहोस पारेर नियन्त्रणमा लिएको हो ।

बाघलाई निकुञ्जले नै के गर्ने भन्ने निणर्य गर्ने जोशीले बताए । अधिकांश नरभक्षी बाघलाई निकुञ्जले  जावलाखेल राख्दै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro