राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री नियुक्त गरेका छन् । शुक्रबार तीन राज्यमन्त्री नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी, वन तथा वातावरण राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङलाई नियुक्त गरिएको सचिवालयले जनाएको छ ।
योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ १३:०४
प्रतिक्रिया दिनुहोस्