site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुकुलले भने– स्वर्णिम वाग्लेलाई पार्टीबाट निष्कासन गरिनुपर्छ 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बित महामन्त्री मुकुल ढकालले उपसभापति स्वर्णिम वाग्लेलाई पार्टीबाट निष्कासन गर्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले वाग्लेको अभिव्यक्ति राष्ट्रियताको पक्षमा नभएको उल्लेख गरेका छन् । 

“कहिले सेनाको बारेमा, कहिले मनरो डक्ट्रिन त कहिले भुटानीकरण गरेर पटकपटक राष्ट्रघाति एवं देशद्रोही अभिव्यक्ति दिइरहेका व्यक्तिलाई पार्टीबाट बर्खास्त गरी पार्टीलाई राष्ट्रियताको पक्षमा सदा अडिग रहने शक्तिको रूपमा विकास गर्नुपर्छ,” उनले लेखेका छन् । 

Dabur Nepal
NIC Asia

ढकालले आफूमाथि छापामार शैलीमा राजनीतिक आक्रमण भएको र प्रतिरक्षाको शैलीमा अञ्जानबस् प्रस्तुति गल्ती भएको स्वीकार गरेका छन् । तर, आफूले एक शब्द झुटो नबोलेको भन्दै प्रमाण दिन तयार रहेको बताएका छन् । 

“प्रस्तुतिमा शैलीजन्य केही त्रुटिहरू प्रतिरक्षाका क्रममा मबाट भएकै छन् । तर मैले यो बीचमा जे जति कुराहरू बोलेको छु, एक शब्द झुटो बोलेको छैन । मैले झुटो बोलेको छैन भनेर सावित गर्न जुनसुकै परीक्षण दिन पनि तयार छु,” उनले लेखेका छन् । 

उनले पार्टी सभापति रवि लामछिनेमाथि लागेका सबै आरोपउपर पार्टीभित्रै स्वतन्त्र छानबिन समिति गठन हुनुपर्ने पनि उल्लेख गरेका छन् ।

mkl-1722582854.png
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro