अर्थ व्यवसाय
काठमाडौं । नेपालमा सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ९०० रुपैयाँ पुगेको छ । शुक्रबार सुनको मूल्य ५०० रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य एक लाख ३७ हजार ९१० रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य बिहीबारको तुलनामा पाँच रुपैयाँले घटेर एक हजार ७९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ ११:२१
प्रतिक्रिया दिनुहोस्