site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
झापामा ८२७ हेक्टरमा सिँचाइ सुविधा विस्तार
प्रतीकात्मक तस्बिर ।

झापा । झापामा ८२७ हेक्टर भू–भागमा सिँचाइ सुविधा विस्तार भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १३० हेक्टरमा सुविधा विस्तार तथा ६९७ हेक्टरमा सिँचाइ सेवा पुनःस्थापना गरिएको हो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख शैलेश पोखरेलका अनुसार साना–ठूला गरी १३२ आयोजना सम्पन्न भएसँगै सिँचाइ सुविधा विस्तार भएको हो । 

“गत आवमा कार्यालयको पुँजीगतर्फ विनियोजित रकम ३१ करोड ८९ लाख ४८ हजारमध्ये २९ करोड आठ लाख ३८ हजार ४७४ खर्च भएको छ । 

चालुतर्फ पनि विनियोजित बजेटको ९२.७ प्रतिशत खर्च भयो । गत वर्ष कोसी प्रदेश सरकार सञ्चालनमा विवाद हुँदा बजेट ढिलागरी प्राप्त भएकाले आयोजना सञ्चालनमा ढिलाइ भएको प्रमुख पोखरेलले बताए । 

यसैगरी उक्त कार्यालयले नदी व्यवस्थापनतर्फ  सात हजार १०९ मिटर सम्पन्न गरी एक हजार ६८४ हेक्टर जमिन संरक्षण र ६० हेक्टर जमिन उकास गरेको छ । 

यी योजना सम्पन्न भएसँगै दुई हजार ६०४ परिवार लाभान्वित भएका डिभिजन प्रमुख पोखरेलले बताए ।  

बहुवर्षीय योजनाहरू मेचीनगर–८ मा सञ्चालित निन्दाखोला सिँचाइ योजना, मेचीनगर–७ मा पालिया पूर्व सिँचाइ योजना र गौरीगञ्जमा सञ्चलित तल्लो किस्ने सिँचाइ योजना अन्तिम चरणमा रहेका उक्त कार्यालयले जनाएको छ । यी योजना सम्पन्न भएसँगै दुई हजार १०५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । रासस

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro