site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिधाकुरालक्षित महासंघको विज्ञप्ति : अदालतको फैसला संविधानको प्रस्तावनाविपरीत आउने छैन 

काठमाडौं । नेपाल पत्रकार महासंघले सिधाकुरा अनलाइनविरुद्धको अदालतको अवहेलना मुद्दालक्षित विज्ञप्ति सार्वजनिक गरेको छ । सिधाकुराविरुद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा बिहीबारदेखि नौजना न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । 

यसअघि कान्तिपुर मिडिया ग्रुपविरुद्धको अदालतको अवहेलना मुद्दामा सातजना न्यायाधीशको इजलासले मिडियाका सामग्रीले न्यायिक स्वतन्त्रतालाई सघाउ पुर्‍याउने उदार व्याख्या गरेको थियो । त्यसबेलाको व्याख्याभन्दा फरक हुने गरी ९ न्यायाधीशको बृहत् पूर्ण इजलासमा सुनुवाइ भइरहेका बेला महासंघले मिडियालाई नियन्त्रण हुनेगरी दीर्घकालीन नजिर नबनाउन ध्यानाकर्षण गर्दै विज्ञप्ति जारी गरेको हो । 

“सञ्चार क्षेत्रका विषयमा हुने कुनै पनि निर्णय वा फैसला नेपालको संविधानको प्रस्तावनामा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रता, संविधानमा व्यवस्था भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता अनुरुपमात्रै हुने अपेक्षा महासंघले लिँदै आएको छ,” महासंघले विज्ञप्तिमार्फत भनेको छ, “कुनै पनि फैसला र निर्णय सञ्चार क्षेत्र नियन्त्रणका लागि दीर्घकालीन नजिर नबसोस भन्ने कुरामा महासंघ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।” 

महासंघले सूचना प्रविधिको विकाससँगै सञ्चारमाध्यमका विविधिकरण भएको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी चाँडो नयाँ नीति ल्याउन पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro