site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सात महिनामा ६ लाख ४७ हजार पर्यटक नेपाल आए
फाइल तस्बिर ।

काठमाडौं । सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१.२२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म ६ लाख ४७ हजार ६१५ विदेशी पर्यटक नेपाल आएका छन् । जबकी गतवर्षको सोही अवधिमा पाँच लाख ३४ हजार २०७ पर्यटक नेपाल आएका थिए । 

यसवर्षको जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६, मेमा ९० हजार २११ पर्यटक नेपाल आएका थिए । साथै जुनमा ७६ हजार ७३६ र जुलाईमा ६४ हजार ५९९ पर्यटनले नेपाल भ्रमण गरेका छन् ।

जुलाईमा झन्डै १२ प्रतिशतले बढे पर्यटक 
सन् २०२४ को जुलाईमा विदेशी पर्यटक आगमन झन्डै १२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार गतवर्षको जुलाईको तुलनामा यसवर्षको सोही अवधिमा ११.९ प्रतिशतले विदेशी पर्यटक बढेका हुन् । 

यसवर्षको जुलाईमा ६४ हजार ५९९ विदेशी पर्यटक आगामन भएकामा गतवर्षको सोही अवधिमा यो संख्या ७५ हजार सातसय २६ थियो । बोर्डका अनुसार सन् २०२२ को जुलाईमा ४४ हजार ४६२, सन् २०२१ मा तीन हजार ६३, सन् २०२० मा १९६ पर्यटक नेपाल आएका थिए । कोरोना महामारी सुरु हुनुभन्दा अघिल्लो वर्ष अर्थात् सन् २०१९ को जुलाईमा ७० हजार ९१६ विदेशी पर्यटकको नेपाल आगमन भएको थियो । 

जुलाईमा सबैभन्दा बढी भारतबाट २१ हजार ४९१, अमेरिकाबाट सात हजार ८६४, चीनबाट ६ हजार ८१९, वेलायतबाट तीन हजार ८०६ र बंगलादेशबाट तीन हजार ४७० विदेशी पर्यटक नेपाल आएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro