site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामसङको ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ले प्रि–अर्डरमा बनायो नयाँ रेकर्ड

काठमाडौं । सामसङ नेपालले आफ्ना फोल्डेबल स्मार्टफोनको छैटौँ जेनेरेसन ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६को प्रि–अर्डरमा नयाँ रेर्कड घोषणा गरेको छ । 

कम्पनीले यी फोनको प्रि–अर्डर अघिल्लो जेनेरेसनको फोल्डेबलको तुलनामा झन्डै दोब्बर भएको बताएको हो  । साउन १५ मा प्रि–अर्डर सकिएसँगै यी दुवै फोन अहिले बजारमा उपलब्ध भएका छन् ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले छैटौँ जेनेरेसनको फोल्डेबल स्मार्टफोनहरूले ग्यालेक्सी एआईको अर्को अध्याय सुरु गर्दै प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । यी फोन ग्यालेक्सी जेड सिरिजको अहिलेसम्मकै सबैभन्दा स्लिम र हलुका भएको कम्पनीले जनाएको छ ।

कस्तो छ ग्यालेक्सी जेड फोल्ड ६ ?
यो मोडलका स्मार्टफोनमा गुगल सर्च गर्न जुनसुकै विषयलाई पनि सर्कल अथवा घेरा लगाउन सकिने फिचर उपलब्ध छ ।

यस्तै, फोनको नोट एपमा एउटा भाषामा भ्वाइस टाइप अथवा टाइप गरेको कुरा तत्काल अर्को भाषामा सुन्न वा देख्न सकिने एआई फिचर छ । नोटहरूलाई क्षणभरमै समराइज गर्न सकिने फिचर पनि रहेको कम्पनीले जनाएको छ ।

फोनमा एआईकै मदतले तस्बिर एकछिनमै इडिट गर्न सकिने बताइएको छ । आफैँले बनाएको स्केचका आधारमा फोनमा फोटो बनाउन सकिने फिचर पनि उपलब्ध छ ।

फोनभित्र उपलब्ध गुगलको जेमिनीसँग च्याट गरेर आइडिया लिन सकिने सामसङको भनाइ छ ।

फोनको तौल निकै हलुका २३९ ग्राम छ । मोटाइ ५.६ मिलिमिटर छ ।

जेड फोल्ड ६ मा १० मेगापिक्सेलको सेल्फी क्यामेरा र ४ मेगापिक्सेलको अन्डरडिस्प्ले क्यामेरा छ । पछाडि १२ मेगापिक्सेलको अल्ट्रावाइड, ५० मेगापिक्सेलको मुख्य र १० मेगापिक्सेलको टेलिफोटो क्यामेरा छ । एआईमा आधारित जुम फिचर फोनमा रहेको कम्पनीले जनाएको छ ।

फोनमा २६०० निट्सको पिक ब्राइटनेस र गेमिङका निम्ति डेढ गुणा बुस्टर ब्राइटनेस छ । स्न्यापड्र्यगान ८ जेन ३ चिप रहेको फोनको जीपीयू १९ प्रतिशत तीव्र रेन्डर गर्न सक्ने, एनपीयू ४२ प्रतिशत र सीपीयू १८ प्रतिशत तीव्र रहेको सामसङले जनाएको छ ।

फोनमा रहेको ४४०० एमएएचको ब्याट्री गीत सुन्दा ७७ घण्टा र भिडियो हेर्दा २३ घण्टा चार्ज टिक्ने बताइएको छ ।

ग्यालेक्सी जेड फोल्ड ६ को १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजको भेरियन्टको मूल्य दुई लाख ३४ हजार ९९ रुपैयाँ तोकिएको छ । १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेजको भेरियन्टको प्रतिमूल्य दुई लाख ४९ हजार ९९९ रुपैयाँ कायम छ ।

ग्यालेक्सी जेड फिल्प ६
जेड फोल्डजस्तै एआई फिचर रहेको जेड फिल्प ६ मा फोन फिल्क्सविन्डोमा रहेका बेला म्यासेज देखिँदै जाने र एआईको मद्दतबाट रिप्लाई गर्न सकिने सुविधा छ । फिल्क्सविन्डोलाई कैयौँ तरिकाले कस्टुमाइज गर्न सकिने अप्सन पनि फोनमा उपलब्ध छ ।

जेड फिल्प ६ को पछाडि ५० मेगापिक्सेल र १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा छ । ४००० एमएएचको ब्याट्री गीत सुन्दा ६८ घण्टा र भिडियो हेर्दा २३ घण्टा टिक्ने कम्पनीले जनाएको छ ।

नेपालमा उपलब्ध ग्यालेक्सी जेड फिल्प ६ को १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजको भेरियन्टको प्रतिमूल्य एक लाख ५४ हजार ९९९ रुपैयाँ छ ।

काठमाडौंमा कम्पनीले आयोजना गरेको ‘लन्च’ कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्कले ग्यालेक्सी एआई (आर्टिफिसियल इन्टेलीजेन्स) रहेका यी फोनले मानिसको दैनिकीमा ‘व्यापक’ मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले यो वर्ष सामसङका २० करोड ग्यालेक्सी डिभाइसमा ग्यालेक्सी एआई उपलब्ध भइरहेको बताए ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी जेड फोल्ड ६ र जेड फिल्प ६ मा अनेकौँ महत्त्वपूर्ण एआई फिचर रहेको बताए । उनले हाल नयाँ ग्राहकलाई विशेष नगद छुट र अफर रहेको जानकारी गराए ।

फोनसँगै सामसङले २२ हजार ९९९ रुपैयाँ पर्ने बड्स थ्री र ३१ हजार ९९९ रुपैयाँको बड्स थ्री प्रो पनि सार्वजनिक गरेको छ ।

यस्तै, सामसङको वाच ७ पनि नेपालमा उपलब्ध छ । यसको ४० मिलिमिटर साइजको भेरियन्टको प्रतिमूल्य ४४ हजार ९९९ र ४४ मिलिमिटर साइजको भेरियन्टको मूल्य ४९ हजार ९९९ रुपैयाँ कायम छ ।

यी फोन सामसङ इन्स्टा फाइनान्सबाट शून्य प्रतिशत ब्याजदरमा किन्न सकिले सामसङले बताएको छ । जेड फोल्ड६ को लागि प्रतिमहिना ६ हजार ८५४ रुपैयाँ ग्यालेक्सी जेड फ्लिप६को लागि चार हजार ५२१ रुपैयाँ प्रतिमहिना किस्ता रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro