site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रशिक्षक र कप्तानलाई प्रश्न– नेपालमा भलिबल कस्तो अवस्थामा छ ?
तस्बिरहरू : हशिजंग क्षत्री/बाह्रखरी
SkywellSkywell

काठमाडौं । भलिबल नेपालको राष्ट्रिय खेल हो । नेपालमा कहिलेदेखि खेल्न सुरु भयो भन्नेबारे यकिन तथ्यांक भेटिँदैन । तर, नेपाली भलिबलको इतिहास करिब आठ दशक पुरानो रहेको जानकार बताउँछन् । नेपाल भलिबल संघको स्थापना भएको नै पाँच दशक पुगिसकेकाले यसको इतिहास लामो रहेको अनुमान सहजै लगाउन सकिन्छ । सरकारले २०७४ जेठ ९ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । 

नेपालका राष्ट्रिय महिला र पुरुष दुवै टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा सक्रिय सहभागिता जनाउँछन् । तर, भलिबल संघकै स्थापना भएको ४८ वर्ष पुगिसक्दा पनि नेपालमा अझै पनि यो खेलप्रति आशातीत गतिमा सफलता पाउन सकेको छैन । 

तुलनात्मक आधारमा नेपालमा पुरुषभन्दा महिला भलिबलको स्थिति केही राम्रो देखिन्छ । तर, यसमा पनि अपेक्षाकृत व्यावसायिक वातावरण र लगानी अझै छैन । यसै सन्दर्भमा बाह्रखरीका आशिष पुडासैनीले नेपाली महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट र कप्तान अरुणा शाहीलाई नेपालमा भलिबलको स्थितिबारे प्रश्न राखेका छन् ।

Dabur Nepal
NIC Asia

jagadis-bhatat-1722498076.jpg
जगदीश भट्ट (मुख्य प्रशिक्षक, महिला टिम)

प्रशिक्षक भट्ट नेपालका पूर्वराष्ट्रिय खेलाडी समेत हुन् । सन् १९९३ देखि भलिबल करियर सुरु गरेका उनले १३ वर्ष अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरे । पछिल्लो १८ वर्षयता उनी प्रशिक्षणमा सक्रिय छन् । उनले राष्ट्रिय टिमलाई प्रशिक्षण दिन सुरु गरेको नै १७ वर्ष पुगिसक्यो । 
 
नेपालमा भलिबलको स्थिति कुल बेला सबैभन्दा राम्रो थियो र अहिले कस्तो छ ?

९० को दशकमा नेपालको भलिबल राम्रो थियो । त्यसबेला शरदचन्द शाहको पालामा नेपालको तीन वटा टिम थियो । जसले धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता पनि जनाउँथ्यो । 

तर, जनयुद्ध सुरु भएपछि भलिबल खेल्ने युवा आन्दोलनमा होमिदा यो केही पछि प¥यो । पछिल्लो १० वर्षयता नेपाल भलिबल संघले जसरी आन्तरिक प्रतियोगिताका लागि क्यालेन्डरलाई कार्यान्वयनमा ल्याएको छ, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता हुने अवसर बनाएको छ, त्यसको प्रतिफलस्वरुप नेपालमा भलिबल क्रमैसँग माथि आइरहेको छ । नेपाल सरकार र आम भलिबलप्रेमीले माया गरे मलाई अबको युग भलिबलको हो जस्तो लाग्छ । 

volleyball_-(6)-1722498077.jpg
 

९० को दशकमा भलिबलको युग थियो । त्यसपछि फुटबलको भयो, अनि क्रिकेट । अहिले फेरि भलिबल लयमा फर्किने मेरो अनुमान छ । सरकारले यसलाई राष्ट्रिय खेल भनेर घोषणा पनि गरेको छ । यसले गर्दा खेलको रूपमा भलिबल उदाएको छ । नेपालको अधिकांश पहाडी भेगमा भलिबलको क्रेज बाक्लो छ । निकै लोकप्रिय छ । यसका प्रतिभालाई खोजेर खेलेरै जिविकोपार्जन गर्न सकिन्छ भन्ने बनाउन सकियो भने भलिबल धेरै माथि आउँछ । 

भलिबल संस्कृति विकास गर्न सरकारी क्षेत्रबाट कस्तो सहयोग आवश्यक देख्नुहुन्छ ?

अहिलेको युवालाई कुलतबाट जोगाउन पनि सरकारले खेलमा लगानी बढाउन आवश्यक छ । त्यसमा पनि भलिबल सानो स्थानमा पनि सहजै खेल्न सकिने र मानिसहरूको लगाव भएकाले यसलाई ध्यान दिनुपर्छ । यसको विकासका लागि व्यावसायिक वातावरण र कभर्डहल निर्माण गर्न सरकारलाई सुझाव छ । 

मसँगै खेलेका धेरै विदेशीसके । तर, देशको भलिबल विकासमा केही गर्नुपर्छ भनेर म अझै यसैमा लागिरहेको छुँ । नेपालमा भलिबल राष्ट्रिय खेल भएकाले महाशक्ति राष्ट्र र एफआईभीभीको पनि आँखा परेको छ । त्यसका लागि लगानी बढाउन आवश्यक छ ।

Aruna-shahi-1722498076.jpg
अरुणा शाही (कप्तान, महिला टिम)
नेपाली महिला टिम अरुणा शाहीको कप्तानीमा छ । पछिल्लो १७ वर्षदेखि भलिबलमै रमाइरहेकी अरुणा ११ वर्षयता नियमित राष्ट्रिय टिमकी सदस्य बनेकी छन् । उनले सन् २०१९ मा नेपाली महिला भलिबल टिमको कप्तानी जिम्मेवारी पाएकी थिइन् । उनै अरुणालाई पनि प्रशिक्षक भट्टकै प्रश्न–

नेपालमा भलिबलको स्थिति कस्तो छ ? 

पहिलेको तुलनामा धेरै राम्रो छ अहिले । हामीले खेल्दा र अहिले हेर्ने हो भने धेरै राम्रो छ भलिबलको अवस्था । भलिबललाई करियर नै बनाएर खेल्न सुरु गरेको १६–१७ वर्ष भइसक्यो । राष्ट्रिय टिममा खेल्न थालेको ११ वर्ष भइसक्यो । सुरुमा हामीले खेल्दा एउटा प्रतियोगिता नै खेल्न वर्ष दिन कुर्नुपर्ने स्थिति थियो । अहिले हामी नियमित खेलिरहेका छौँ । परिवर्तन भएको छ तर, पर्याप्त भने छैन । 

volleyball_-(2)-1722498076.jpg
 

नेपालमा भलिबलको व्यावसायिक वातावरण कस्तो छ ?

अरु देशको जस्तो फ्रेन्चाइज शैलीमा प्रतियोगिता गराएर खेलाडीले पुग्ने पारिश्रमिक पाएकोे छैन । त्यस आधारमा शून्य नै हो, भर्खरै फ्रेन्चाइजको अवधारणा सुरु हुँदैछ । नेपालमा चाहिँ विभागीय टिममा नै अधिकांश खेलाडी आबद्ध छन् । त्यो पनि खेलाडीको लागि पारिश्रमिकको स्रोत नै हो । व्यावसायिकतालाई कुन आधारमा हेर्ने हो भन्ने कुरा हुन्छ । 

volleyball_-(11)-1722498078.jpg
 

भलिबलको क्रेजअनुसार संघ र सरकारले नै काम गर्न नसकेको देखिन्छ । यो क्रेजलाई सही उपयोग गर्न के गर्नुपर्ने देखिन्छ ?

क्रेजले मात्र हुँदैन । हामीलाई अहिले चाहिएको लगानी हो । लगानीलाई कसरी तान्न सकिन्छ भन्ने हो । लगानी नै नभएपछि जतिसुकै क्रेज भए पनि भलिबल माथि उठ्न सक्दैन । भलिबल राष्ट्रिय खेल हो । यसैकारण पनि सरकार र निजी क्षेत्रबाट अझै धेरै लगानीको आवश्यकता छ । 

नयाँ आउने पुस्तालाई के भन्नुहुन्छ ?

सबैलाई खेल्न आग्रह गर्छु । भलिबल नै खेल्नुपर्छ भन्ने छैन । तर, आफूमा लगाव भएको खेल खेल्नुपर्छ । कुनै पनि खेलमा आबद्ध हुँदा यसले खेलाडीको नियमित जीवनमा पनि सहयोग पु पु¥याउँछ र करियर बनाउनमा पनि । हामी आएको अवस्थाभन्दा अहिले धेरै विकास भइसकेको छ ।

volleyball_-(5)-1722498077.jpg

volleyball_-(7)-1722498078.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu