site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धितोपत्र बोर्डको कमाइ बढ्यो, एक दिनको आम्दानी करिब ३३ लाख

काठमाडौं । सेयर बजार वृद्धि हुँदा सबैभन्दा बढी कसले कमाउँछ होला ? वा कसलाई बढी फाइदा हुन्छ होला ? जो कसैलाई लाग्न सक्छ, जसले बजारमा लगानी गर्छ, उसैलाई । तर, यस्तो हुँदैन । जबजब दोस्रो बजारमा कारोबार रकम उच्च हुँदै जान्छ, ब्रोकर (धितोपत्र दलाल), नेप्से र नेपाल धितोपत्र बोर्डलाई नै सबैभन्दा बढी फाइदा हुन्छ ।

जति धेरै कारोबार भयो, त्यसको निश्चित हिस्सा लगानीकर्ताले धितोपत्र बोर्ड, नेप्से र ब्रोकरलाई बुझाउनुपर्छ । यीमध्ये पनि सबैभन्दा बढी फाइदा धितोपत्र बोर्डलाई हुन्छ ।

धितोपत्र बोर्डले दैनिक कुल कारोबारको ०.०१५ प्रतिशत रकम प्राप्त गरिरहेको हुन्छ । साथै, ब्रोकरले गर्ने आम्दानीको ०.६ प्रतिशत रकम प्रत्येक वर्षको अन्तिममा नियमित शुल्कका रूपमा बोर्डलाई बुझाउनुपर्छ । यो धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा भएको व्यवस्था हो ।

Dabur Nepal
NIC Asia

उक्त नियमावलीको अनुसूची–१४ मा कारोबारीले धितोपत्र बोर्ड, नेप्से र ब्रोकरलाई कति कमिसन तिर्ने भन्ने व्यवस्था गरिएको छ । धितोपत्र दोस्रो बजार बढ्दा सोही कारण नियामक निकाय बोर्डको आम्दानीमा उलेख्य वृद्धि हुने गरेको छ ।

साउन १६ गते (हिजो) हालसम्मकै उच्च मूल्य २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भयो । धितोपत्र बोर्डले यसको ०.०१५ प्रतिशत कमिसनका रूपमा आफ्नो बैंक खातामा रकम प्राप्त गर्छ । उक्त कारोबारमध्ये बोर्डले ३२ लाख ८६ हजार ७२५ रुपैयाँ शुक्रबारसम्म प्राप्त गर्छ । किनभने, ब्रोकरले ‘सेटलमेन्ट’ कारोबार भएको दुई दिनभित्र गर्नुपर्छ ।

उक्त रकम ब्रोकरबाट बोर्डको खातामा जम्मा गरिन्छ । यसरी संकलित रकमबाट बोर्डले वित्तीय साक्षरतामा खर्च गर्ने धितोपत्र बोर्डका प्रवक्ता एवं कार्यकारी निर्देशक डा. नवराज अधिकारी बताउँछन् ।

बोर्डले नियमित खर्च पनि यही आम्दानीबाट गर्दै आएको छ । बजारमा कारोबार एक अर्बको भए पनि बोर्डले साढे एक लाखसम्म कमिसन प्राप्त गर्छ ।

धितोपत्र कारोबारबाट कसले कति कमिसन पाउँछन् ? 
विशेष गरी धितोपत्र बोर्डले धितोपत्र कारोबार गराउने ब्रोकर कम्पनी र लगानीकर्ताबाट कमिसन लिने गरेको छ । दैनिक रूपमा लगानीकर्ताबाट कारोबारको ०.०१५ प्रतिशत संकलन गरेर ब्रोकरहरूले बोर्डलाई रकम बुझाउँछन् ।

लगानीकर्ताबाट ब्रोकरहरूले ०.२४ देखि ०.३६ प्रतिशतसम्म कमिसन लिने गरेका छन् । कारोबार रकमका आधारमा कमिसन लिने गरिन्छ ।

प्रत्येकपटकको ५० हजारसम्मको कारोबारमा ब्रोकरहरूले ०.३६ र ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत कमिसन लिने गरेका छन् । पाँच लाखभन्दा माथि २० लाखसम्मको कारोबारमा ब्रोकरहरूले ०.३१ प्रतिशत कमिसन पाउँछन् । २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा उनीहरूले ०.२७ कमिसन लिन्छन् ।

त्योभन्दा बढी जतिसुकै कारोबार गर्दा ब्रोकरहरूले ०.२४ प्रतिशत कमिसन पाउने गरेका छन् । यो दैनिक खरिद वा बिक्री गर्दा लगानीकर्ताले तिर्नुपर्ने कमिसन हो । ब्रोकरहरूले प्राप्त गर्ने रकम प्रत्येक कारोबारमा १० रुपैयाँभन्दा कम नहुने व्यवस्था छ ।

यस्तै, ब्रोकरहरूले आफूले कमाएको कुल रकमको ०.०२ प्रतिशत नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई प्रत्येक महिना बुझाउनुपर्छ । यो आम्दानीको निश्चित हिस्सा नेप्सेले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)लाई बुझाउनुपर्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro