site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले निर्णय गर्न नसक्दा वर्ल्डलिंक र मर्कन्टाइल लाइसेन्सबिना सञ्चालनमा 
SkywellSkywell

काठमाडौं । सरकारले निर्णय गर्न नसक्दा दुई इन्टरनेट सेवा प्रदायक कम्पनी लाइसेन्सबिना सञ्चालनमा छन् ।  कम्पनी अनुमतिपत्र (लाइसेन्स)को अवधि सकिएर बिना लाइसेन्स सञ्चालनमा रहेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार मर्कन्टाइल कम्युनिकेसन र वर्ल्डलिंक कम्युनिकेसन लाइसेन्स अवधि सकिएपछि लाइसेन्सबिना नै सञ्चालनमा रहेका हुन् । मर्कन्टाइलले २०५५ सालको चैत ९ मा इन्टरनेट सेवाप्रदायकका रुपमा लिएको लाइसेन्स गत २०८० को चैतमा २५ वर्ष नाघेसँगै सकिएको हो ।

KFC Island Ad
NIC Asia

वर्ल्डलिकंले पनि २०५५ सालकै चैत १६ मा लाइसेन्स लिएको थियो । उसको लाइसेन्स अवधि पनि गत चैमै सकिएको हो । दूरसञ्चार ऐन, २०५३ मा दूरसचार सेवाप्रदायकलाई २५ वर्षको अवधिका लागि लाइसेन्स दिने व्यवस्था छ । २५ वर्ष नाघेपछि लाइसेन्स नविकरण गर्ने, नयाँ दिने, कति शुल्क लिने जस्ता विषय ऐनमा छैन ।

मर्कन्टाइलको नेटवर्क सेवा प्रदायकको लाइसेन्स अवधिपनि गत जेठ ६ मा सकिएको छ । वर्ल्डलिंकको नेटवर्क सेवा प्रदायकको लाइसेन्स यसै साउन १९ गते सकिँदैछ । दूरसञ्चार ऐन निकै पूरानो भएका कारण समयसापेक्ष नयाँ कानुन नहुँदा यस्तो समस्या आएको सरोकारवालाहरुको भनाइ छ । तर, हालसम्म नयाँ ऐन बन्न सकेको छैन ।

Royal Enfield Island Ad

सरकारसँग नै नीति नहुँदा यसरी नीजि क्षेत्रका कम्पनीहरु लाइसेन्सबिना चलिरहेका छन् । इन्टरनेट सेवा प्रदायक मात्रै नभएर जीएसएम सेलुलर मोबाइल सेवा प्रदायक कम्पनीको हकमा समेत कानुन स्पष्ट छैन । नीतिमा स्पष्ट व्यवस्था नभएकै कारण सरकारले २५ वर्ष अवधि नाघेको नेपाल टेलिकमलाई गत जेठमा २१ करोड रुपैयाँमै ५ वर्षका लागि नयाँ लाइसेन्स दिएको छ । 

यो लाइसेन्स नविकरणकै लागि २० अर्ब रुपैयाँ तिर्नुपर्ने व्यस्था ऐनमा थियो र यसअघि टेलिकमले सोही अनुसार शुल्क तिरहेको थियो ।  २५ वर्षको अवधिपछि कसरी लाइसेन्स नविकरण गर्ने वा नयाँ दिने भन्ने स्पष्ट व्यवस्था कानुनमा नहुँदा सरकारले टेलिकमलाई निकै कम मूल्यमा लाइसेन्स दिएको हो ।

तर, वर्ल्डलिंक र मर्कन्टाइलका हकमा हालसम्म कुनै नर्णय भई नसकेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताएका छन् । सरकारको निर्णयपछि वा नयाँ ऐन बनेमा दुवै कम्पनीका हकमा सोहीअनुसार व्यवस्थ हुने  नियामक निकायका प्रवक्ता पौडेलको भनाइ छ ।

सरकारले हालसम्म यी दुवै कम्पनीको लाइसेन्सबारे कुनै निर्णय भने गरेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro