site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो

इलाम । इलाममा आर्थिक वर्ष २०८०/०८१ मा ३४ करोड ८७ लाख १६ हजार ९३४ रुपैयाँ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् ।  

माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौंदेखि अकासे खेतीमा निर्भर उनी यस वर्षदेखि सिँचाइ सुविधा पाएर खुसी छन् ।  

गजुरमुखीमा साना सिँचाइ कार्यक्रमअन्तर्गत व्यवस्थित सिँचाइ कुलो निर्माणपछि योङहाङसहित सयौँ किसान यतिबेला खुसी भएका हुन् । उनको टोलमा ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउरो पाक्रुम्बा कुलो निर्माण भएको हो । 

राईगाउँ–लाप्चागाउँ–निगालेगाउँमा ५० लाख ५५ हजार ८८३ लागतमा ५८ घरपरिवारका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी बजुरखोलामा कुलो निर्माण भएको छ । 

इलामका विभिन्न पालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमबाट हजारौँ किसान लाभान्वित भएका छन् । 

इलाममा आर्थिक वर्ष २०८०/०८१ मा ३४ करोड ८७ लाख १६ हजार ९३४ रुपैयाँ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् ।  

सूर्योदय नगरपालिकामा चार करोड १९ लाख २६ हजार ६३४ रुपैयाँ लागतमा १०, इलाम नगरपालिकामा ६ करोड ८६ लाख ५१ हजार ६४ को लागतमा नौ, माङसेबुङ गाउँपालिकामा तीन करोड ४२ लाख ९४ हजार ६६४ को लागतमा आठ, माई नगरपालिकामा चार करोड पाँच लाख ९८ हजार ४७५ रुपैयाँ लागतमा सातवटा सिँचाइ योजना सम्पन्न भएको साना सिँचाइ कार्यक्रम प्रमुख केशव लामाले जानकारी दिए । 

योजनाबाट इलामका एक हजार २९ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । सिँचाइ सुविधा विस्तारसँगै जिल्लाका दुई हजार १४२ परिवार लाभान्वित भएका छन् । 

योजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत, संघीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिकाले २०/२० प्रतिशत र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत लागत साझेदारी गरेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro