site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा तटीय क्षेत्रकाे थप २० मिटरमा भाैतिक संरचना बनाउन नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई थप प्रभावकारी बनाउने भएको छ । बुधबार बेलुका महानगरका मेयर बालेन शाहले तटीय क्षेत्र काे थप २० मिटरमा पनि सरकारी वा निजी भवनलगायतका भाैतिक संरचना निर्माण गर्ने अनुमति नमिल्ने बताएका छन् ।

"तसर्थ, नदी तथा खाेलाकाे तटीय क्षेत्रमा निर्माणकाे याेजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाकाे काराेबार गर्दा वा घरजग्गा धिताे राख्दा यस मापदण्डलाई पालना गरिदिनुहाेला । अन्यथा, पछि धाेका पाउनु हुनेछ," बालेनले सामाजिक सञ्जालबाट भनेका छन् ।

उनले २०६५ मंसिर १ गते मन्त्रिपरिषद्को निर्णयबाट काठमाडौं उपत्यकाभित्र बग्ने वाग्मती, विष्णुमती, मनाेहरा नदी किनाराकाे कम्तीमा २० मिटरभित्रकाे जग्गालाई र अन्य खाेला किनाराकाे कम्तीमा चार देखि १२ मिटरभित्रकाे जग्गालाई निर्माण निषेधित क्षेत्र घाेषणा गरिएकाे पनि स्मरण गरेका छन् ।

यसैगरी, सर्वाेच्च अदालतबाट ०८० पुस ३ गते जारी भएको परमादेशकाे पूर्णपाठले सरकारी मापदण्डकाे साथै थप २० मिटर जग्गालाई पनि निर्माण निषेधित क्षेत्र घाेषणा गरेकाे उनको भनाइ छ ।

"उक्त परमादेशलाई तत्कालदेखि कार्यान्वयन गर्नुकाे विकल्प छैन । उपत्यकाका नदी तथा खाेलाहरूकाे तटीय क्षेत्रमा प्रवेश गर्ने विपत्तियुक्त बाढीकाे भेलले पनि परमादेशकाे औचित्यलाई थ प पुष्टि गरेकाे छ," बालेनले भनेकका छन् ।

उनले अगाडि लेखेका छन्, "यस पृथ्वीका नदी तथा खाेलाहरूकाे पनि अधिकार छ । प्रकृतिले पनि विद्रोह गर्न सक्छ । त्यसैले नदी तथा खाेलाहरूकाे अधिकारकाे संरक्षण गराैँ । यति गर्न सके मान्छेको घरमा खोला पस्ने छैन ।"

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  २०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro