site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ज्ञान, सिप र क्षमता जनताको सर्वोत्तम हितमा समर्पित गनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताएका छन् ।

डा. डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय विकास समितिले बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले अनुभव, ज्ञान, सिप, क्षमता र योग्यता देश र जनताको सर्वोत्तम हितका लागि समर्पित गनुपर्ने बताए । उनले सुशासन, विकास र समृद्धि राष्ट्रिय अठोट र प्रतिबद्धता हुनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गरेका डा. रेग्मीको व्यक्तित्व बहुआयामिक भएको बताए । अंग्रेजी भाषामा नेपालको इतिहास लेखेर नेपाललाई संसारमा चिनाउन रेग्मीले गरेको योगदान स्मरणीय रहेको उनको भनाइ छ ।

कार्यक्रममा यस वर्षको एक लाख राशिको डिल्लीरमण रेग्मी राष्ट्रिय पुरस्कार नेपालका पाका तथा प्रतिष्ठित पत्रकार भैरव रिसाललाई तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)लाई प्रदान गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro