site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल लाइफ इन्स्योरेन्सको ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स, २०२४’ सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स, २०२४’ सम्पन्न गरेको छ । कम्पनीले साउन ११ देखि १३ गतेसम्म ‘हक वर्ष : फ्लाई हाई, एम हायर’ नाराका साथ कार्यक्रम मनाएको बताएको छ ।

कार्यक्रममा देशभरबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजर र कम्पनीका कर्मचारी सहभागी रहेका थिए । पानसमा दीप प्रज्वलन गरी कम्पनीका सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कार्यक्रमको उद्घाटन गरेका थिए ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा भर्चुअल रूपमा बोल्दै सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाईले अािर्थक वर्ष २०८०/०८१ मा गरेको आउटटेन्डिङको लागि व्यक्तिगत र सञ्चालक समितिको तर्फबाट सम्पूर्ण अभिकर्ता र कर्मचारीहरूलाई बधाई दिएका थिए ।
यस्तै, कार्यक्रममा सञ्चालक ढकाल र प्रमुख कार्यकारी अधिकृत पराजुलीले सम्मानित हुनेलाई बधाई दिए ।

अभिकर्ताकै अथक मेहनत र परिश्रमले नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुने सीईओ पराजुलीको विश्वास छ ।

कार्यक्रममा एजेन्सी मेनेजरतर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोडतर्फबाट उत्कृष्ट १४१ अभिकर्तालाई सम्मान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा सम्मानको साथ साथै ३० जनालाई सम्राट पदक, २२ जनालाई रत्न पदक र  १३७ जनालाई समृद्धि पदकबाट पनि विभुषित गरिएको कम्पनीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro