site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्री एयरको विमानमा एयर होस्टेसमाथि दुर्व्यवहारको आरोपमा एक युवा पक्राउ 

काठमाडौं । श्री एयरलाइन्सको काठमाडौंबाट धनगढी जाँदै गरेको विमानमा एयर होस्टेसमाथि दुर्व्यवहार गरेको भन्दै एक युवा पक्राउ परेका छन् । कैलालीको गोदावरीका शिवराज ओझालाई अभद्र व्यवहारमा पक्राउ गरेको हो ।
ओझाले विमानमा एयर होस्टेसको अगाडि सिटमा बसेर जिस्क्याएको र एयरहोस्टेसतर्फ आफ्नो खुट्टा लगेको आरोप प्रहरीको छ ।

एयर होस्टेसले पटक पटक आग्रह गर्दा पनि ओझाले नमानेपछि क्याप्टेनलाई खबर गरेकी थिइन् । क्याप्टेनले नागरिक उड्ययनको कार्यालय धनगढीलाई जानकारी गराएका थिए ।  कैलाली प्रहरीका अनुसार ओझालाई आजमात्रै पक्राउ गरिएको थियो ।

प्राधिकरणको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको कैलालीका एसपी पदम विष्टले जानकारी दिए । उनका अनुसार जहाजमा चढेका ओझा पहिला एयर होस्टेसको सिटमा गएर बसेका थिए ।

त्यहाँ नबस्न आग्रह गरेपछि आफ्नै सिटमा बसेका ओझाले सँगैको सिटमा रहेका यात्रुको टाउकोतर्फ खुट्टा राखेको र एयर होस्टेसलाई जानकारी गराएपछि उनी अनुरोधका लागि आउँदा खुट्टाले अल्झाएर लडाउने प्रयास गरेको विष्टले जानकारी दिए ।

विष्टका अनुसार ओझाले काठमाडौंबाट चढ्नासाथ अभद्र व्यवहार गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro