site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विदेशी पर्यटकले निर्वाधरुपमा गड्डाचौकी हुँदै भारत जान पाउने

कञ्चनपुर । तेस्रो मुलुकका विदेशी पर्यटकले पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ निर्वाधरुपमा जान पाउने भएका छन् । भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेको छ । 

अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार भारतीय पक्षले यही साउन १५ गतेदेखि विदेशी पर्यटकको आगमनका लागि प्रस्थान (डिपार्चर) खुला गरेको छ । १० डिसेम्बर २०२१ देखि भारतीय सीमावर्ती बनबसा अध्यागमन (इमिग्रेसन) कार्यालयले विदेशी पर्यटकको आगमन बन्द गरेको थियो । 

Dabur Nepal
NIC Asia

कोराना महामारीका बेला नेपालका केही सीमा नाका मात्रै भारततर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको थियो । गड्डाचौकी नाका भएर जाने विदेशी पर्यटकलाई भारतले रोक लगाएको थियो । 

केन्द्रबाटै केही सीमा नाका मात्रै भारततर्फ जाने विदेशी पर्यटकका लागि खुला गर्ने निर्णयअनुसार त्यस बेलादेखि रोकिएको उनको भनाइ छ । 
 
“भारतीय अध्यागमन कार्यालयले विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाउँदा सीमा नाका हुँदै भारततर्फ जाने पर्यटको संख्या तीन वर्षदेखि ठप्प रहेको थियो”, कार्यालय प्रमुख भट्टले भने, “सीमा नाका भारतले खुला गरेपछि पर्यटकीय गतिविधिमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।”
 
भारत हुँदै नेपाल प्रवेश गर्ने पर्यटका लागि भने सीमा नाका खुला रहेको थियो । भारतीय अध्यगमन कार्यालयबाट विदेशी पर्यटकलाई प्रवेश दिएसँगै पर्यटकलाई प्रस्थान अनुमति दिन सुरु गरिएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro