site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्राध्यापक विष्टको हत्यामा संलग्न खड्का पक्राउ

काठमाडौं । प्रहरीले मीनभवन कलेजका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै विष्टको हत्यामा संलग्न रन्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

Dabur Nepal
NIC Asia

२०६४ सालमा प्राध्यापक विष्टको हत्या भएको थियो । प्राध्यापक विष्टले जिस्काउने गरेको भन्दै सविता थापाका भाइ विनोदसहितको समूहले विष्टलाई निर्घात कुटपिट गरी घाइते अवस्थामा २०६४ असार २६ गते ललितपुरको शंखमुलमा फेला परेको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो । 

उक्त घटनामा संलग्न सविता र विनोदलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो भने विनोद थापा कैद सजाय काटेर जेलबाट छुटिसकेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले घटनामा संलग्नमध्ये हालसम्म खुलेका तथ्यहरूबाट रञ्जन घटनाका प्रमुख व्यक्ति रहेको खुलेको बताए । उनी वारदातको समयपश्चात धेरै समय भारतका विभिन्न स्थानमा लुकीछिपी बस्ने गरेको खुलेको उनले जानकारी दिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro