site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँच करोडको ‘पिताम्बर’ वर्कसपमा 

काठमाडौं । बिग बजेटमा निर्माण हुने चलचित्र ‘पिताम्बर’को भदौमा दोस्रो चरणको छायांकन हुँदै छ । त्यसका लागि अहिले यसका कलाकार वर्कसपमा छन् । 

काठमाडौं थापागाउँस्थित कान्तिपुर फिल्म एकेडेमीमा अहिले सिनेमाको वर्कसप चलिरहेको छ । 

भदौ १ गतेबाट छायांकनमा जाने चलचित्रमा कलाकारको बलियो लाइनअप छ ।

चलचित्रमा सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, प्रमोद अग्रहरि, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, विशाल पहारीलगायतको अभिनय रहनेछ । 

चलचित्रको पहिलो चरणको छायांकन गत वर्षको फागुनमा नवलपरासीमा गरिएको थियो ।

केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । सिनेमाको निर्मातामा विशाल चौलागाईं छन् । 

प्रदीप भारद्धाजको लेखन रहेको सिनेमामा ५ करोड रुपैयाँ बजेट लाग्ने बताइएको छ ।

निर्देशक कृषा चौलागाईंको यो आफ्नो ड्रिम प्रोजेक्ट भएको बताइरहेकी छन् । यसअघि उनले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro