site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकी र लुम्बिनीमा बिहानैदेखि भारी वर्षा, यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा 
फाइल तस्बिर ।

काठमाडौं । वाग्मतीसहित विभिन्न प्रदेशमा गएरातिदेखि नै वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा पनि भइरहेको छ । 

देशभर आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा आज बिहान हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एकदुई  स्थानमा भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । 

भारीदेखि धेरै भारी वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम हुने भएकाले सतर्क हुन विभागको आग्रह छ । दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro