site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिन्धुपाल्चोकका यी क्षेत्रमा भइरहेको छ भारी वर्षा 
फाइल तस्बिर । 

काठमाडौं । सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । जिल्लाको ढुंगे, बोल्दे, मानेखर्क, बान्सखर्क, धाप, गोब्रे, दुबाचौर, बाउनेपाटी तथा आसपासका वर्षामापन केन्द्रहरूमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । 

थप वर्षा हुने सम्भावना रहेकोले उक्त जिल्ला भएर बहने  नदीका  तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सिन्धुलीको कमला नदी, रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । तटीय क्षेत्र तथा डुबान भइरहने भू–भागहरूमा रहनेहुनेहरूले उच्च सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ । 

धनुषाको रातु खोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले रातु खोला तटीय क्षेत्रमा बस्नेहरूले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने विभागले बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro