site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्याङ्जा, पर्वत र लमजुङ क्षेत्रमा मध्यमदेखि भारी वर्षा
तस्बिर : एआईद्वारा तयार पारिएको ।

काठमाडौं । पछिल्लो तीन घण्टामा स्याङ्जा, पर्वत र लमजुङ क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ । स्याङ्जाको पञ्चमूल, बोर्लाङपुल, पर्वतको कार्किनेटा तथा लमजुङको खुदीबजार र बेँसीसहरसहितका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागले ती क्षेत्र भएर बहने ससाना नदीहरूमा आकस्मिक बहाब बढ्न सक्ने जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले भोलि बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशखाले आज राति वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  २२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro