site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटिजन्स बैंक र चरक मेमोरियल हस्पिटलबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको चरक मेमोरियल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारीपत्रअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनले देशैभरी ६० जिल्लामा फैलिएका १९७ शाखा कार्यालय, १६२ वटा एटीएम, तीन विस्तार काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro