site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनतामा जाने माओवादीको निर्णय, आगामी निर्वाचन एक्लै लड्ने 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटीको बैठक बोलाएको छ । गएको शुक्रबारदेखि आजसम्म चलेको पदाधिकारी बैठकको निर्णय सुनाउँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले साउन २५ गतेका लागि बोलाइएको बताए । 

बैठकले गाँउस्तरदेखि नै पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । उनले आगामी निर्वाचनमा एक्लै जाने निष्कर्ष निकालिएको सुनाए । 

“गठबन्धन गर्दा अरु पार्टीको सन्तुलन मिलाउनुपर्ने भएकाले हाम्रो विचार, सिद्धान्त, कार्यदिशा लाने मौका मिलेको थिएन । जनतामा जाने सुवर्ण अवसर हो । वर्गसँगको कडी टुटेको जस्तो भएको छ । जनतामा जाने निर्णय गरेका छौँ,” उनले भने । 

त्यस्तै, बैठकले सबै कम्युनिष्टहरूसँग ध्रुवीकरणको प्रयास गर्ने र अग्रगामी शक्तिहरूको मोर्चा बनाउनका लागि पहल गर्ने निर्णय भएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro