site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिग्रेका मोबाइल लिन सामसङ घरघरमा पुग्ने

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि निःशुल्क पिक–अप र ड्रप सेवा ल्याएको छ ।

यो सेवाअन्तर्गत कम्पनीले ग्राहकको वारेन्टी अवधि रहेको फोन निःशुल्क पिक–अप र ड्रप गरिदिने भएको छ ।

वारेन्टीमा रहेका मोबाइलमा कुनै समस्या देखिएमा निःशुल्क उपलब्ध नम्बरमा फोन गर्न सकिने छ । त्यसपछि कम्पनीले एक दिनभित्र ग्राहकको घरबाट उक्त फोन लिएर बनाएर घरमै पुर्‍याइदिने कम्पनीले बताएको हो । कम्पनीले साउन १ गतेदेखि काठमाडौं उपत्यकाभरी यो सेवा सुरु भएको बताएको छ ।

सेवा लिन ग्राहकले नेपाल टेलिकमको फोनबाट १६६००१७२६६७ र एनसेलबाट ९८०१५७२६६७ मा निःशुल्क फोन गर्न सकिने छ । ह्वाट्सअप नम्बर १६६००१७२६६७ बाट समेत सम्पर्क गरेर सुविधा पाउन सकिने सामसङले जनाएको छ ।

हाललाई काठमाडौं उपत्यकाका न्युरोड, सुन्धारा, जावलाखेल, भक्तपुर र नयाँ बानेश्वरमा रहेको सर्भिस सेन्टरबाट यो सुविधा दिइरहेको कम्पनीले बताएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro