site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्लोबल आइएमई बैंकका ग्राहकलाई वन्डरल्यान्ड नेपालमा १० प्रतिशत बोनस दिइने
Tiktok banner adTiktok banner ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई वन्डरल्यान्ड नेपालमा १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गरिने भएको छ । 

किक फन वल्र्डबाट बुङ्गमतीमा सञ्चालित वन्डरल्यान्ड नेपालको सेवा मूल्यको १० प्रतिशत रकम बोनस स्वरुपप्रदान गर्ने समझदारी भएको हो ।

उक्त समझदारीमा बैंकका वाग्मती प्रदेश कार्यालय म्यानेजर निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार बैंकका ग्राहकहरूले वन्डरल्यान्ड नेपाल, बुङ्गमतीमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाको लागि त्यहाँबाट जारी हुने भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्नुपर्ने हुन्छ । प्रयोग गर्दा उक्त कार्डमा १० प्रतिशत बोनस थप हुने जनाइएको छ । 

बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro