site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से २७ सय विन्दुनजिक, ६ समूहका लगानीकर्ताले सर्वाधिक कमाए
Tiktok banner adTiktok banner ad

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २७ सय विन्दुनजिक पुगेको छ । नेप्से परिसूचक मंगलबार ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा बन्द भएको हो । यस दिन बजार २७ सय विन्दु पार गरेर झरेको देखिन्छ ।

आज कारोबार रकम भने घटेको छ । १७ अर्ब २६ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार भने १९ अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कारोबार रकम एकै दिन दुई अर्ब ३४ करोड रुपैयाँ घटेको हो ।

यसदिन होटेल तथा पर्यटन, फाइनान्स, ‘अन्य’, लगानी, हाइड्रोपावर र विकास बैंक समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी समूहको परिसूचक २.४ देखि ५.९९ प्रतिशतसम्म बढेको छ ।

बढेको बजारमा वाणिज्य बैंक, व्यापार, निर्जीवन र म्यूचुअल फन्ड समूहको परिसूचक घटेको छ । यी चार समूहका लगानीकर्ताले आज गुमाएका छन् ।

आज १८९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४७ कम्पनीको सेयर मूल्य घटेको छ । प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत् कम्पनी र नेपाल वेरिङ हाउसको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro